‘हामीले विश्वलाई भन्न सक्नुुपर्छ-हात्ति चढेर गैँडा हेर्न आउनुस्’ : प्रधानमन्त्री ओली | Jana Aawaj News

‘हामीले विश्वलाई भन्न सक्नुुपर्छ-हात्ति चढेर गैँडा हेर्न आउनुस्’ : प्रधानमन्त्री ओली

पढ्न लाग्ने समयः < 1 मिनेट
‘हामीले विश्वलाई भन्न सक्नुुपर्छ-हात्ति चढेर गैँडा हेर्न आउनुस्’ : प्रधानमन्त्री ओली : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) को केन्द्रीय पर्यटन तथा नागरिक उडड्यन विभागद्वारा सोमबार आयोजित ‘नेपालमाा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले नेपाल पर्यटन बोर्ड, पर्यटन विभागजस्त संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक (डिजिटल) शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचा गर्न आग्रह गर्नुभएको हो । “हामीले विश्वलाई भन्न सक्नुुपर्छ-बेस्सरी पैसा कमाएर मात्रै हुँदैन, वास्तविक जिन्दगी जिउनुपर्छ । साँच्चैको हिमाल कस्तो हुन्छ हेर्नुपर्छ । त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले विश्वलाई भन्न सक्नुपर्छ, हात्ति चढेर गैँडा हेर्दा थाहा हुन्छ । त्यकारण नेपाल भ्रमण गरौँ ।’’

प्रधानमन्त्री ओलीले पर्यटन पूर्वाधार विकासका लागि सरकारले प्राथमिकता दिएको जनाउँदै पर्यटनमैत्री वातावरणमा सरोकारवाला पक्षले ध्यान दिनुुपर्नेमा जोड दिनुुभयो । उहाँले धर्ममा विश्वास गर्ने नगर्ने मानिसहरुको स्वतन्त्र अधिकार भए पनि भगवान राम नेपालमा जन्मिएको र सीताको मरण यही भूमिका भएका जस्ता ग्रन्थहरुमा उल्लेखित कुराहरुलाई डिजिटल सामग्री बनाएर विश्वमाझ प्रचार प्रसार गर्न डर मान्नुनपर्ने स्पष्ट गर्नुभयो । “रामको पवित्र जन्मभूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ?’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्वामित्रले वाल्मीकिलाई हाम्रै कोशीपारी चतरा गाउँमा शिक्षा दिएका हुन् । राम-लक्ष्मणले अश्वमेघ घोडा यही भूमिमा छाडेका हुन् । दशरथ यहीँका हुन् । यही कुराहरु मैले भनेको होइन, ग्रन्थहरुमै उल्लेख छ । यस्ता विषयवस्तुलाई प्रचार गर्दा कुनै राजनीतिक दाउपेचको विषय बनाउनु पर्दैन ।’’

प्रधानमन्त्री ओलीले ज्ञानको भूमि भएको, उर्बर भूमि रहेको, विद्वान पूर्खा भएको र पौरखी जनता भएको नेपाल विकसित नहुनुपर्ने कारण आफूले बुझ्न नसकेको बताउँदै दुनियाँमा काम गर्ने जाति भनेर चिनिएको देशका नेपालीले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरख गर्न लाग्नुपर्ने बताउनुभयो ।

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा टोखाका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरणा
2 नेपाल टी-२० वरियतामा एक स्थान माथि उक्लियो
3 तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रपतिले बोलाए सबै दलहरूलाई
4 सुनको मूल्यमा सामान्य गिरावट
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न