सुर्यविनायक नगरपालिकाद्धारा चित्रपुरका ९८ जना स्ववासीलाई वर्षौंपछि जग्गाको स्रेस्ता पुर्जा वितरण | Jana Aawaj News

सुर्यविनायक नगरपालिकाद्धारा चित्रपुरका ९८ जना स्ववासीलाई वर्षौंपछि जग्गाको स्रेस्ता पुर्जा वितरण

पढ्न लाग्ने समयः 2 मिनेट
सुर्यविनायक नगरपालिकाद्धारा चित्रपुरका ९८ जना स्ववासीलाई वर्षौंपछि जग्गाको स्रेस्ता पुर्जा वितरण : Jana Aawaj News

जन आवाज न्युज भक्तपुर । नापी कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुरका बासिन्दाहरूलाई जग्गाको स्रेस्ता पुर्जा वितरण गरेको छ ।

 

जिल्ला नापी कार्यालय भक्तपुरले साविक दधिकोट गाविस वडा नं. ८ र ९ हालको सूर्यविनायक-४ का ९८ जना जग्गाधनीलाई स्ववासी स्रेस्ता पुर्जा वितरण गरेको हो ।

नगरपालिकाले ५ वर्ष अघि नै २०७६ साल असोज १८ गते तत्कालीन निर्वाचित जनप्रतिनिधिहरुबाट एक भव्य कार्यक्रमका साथ पहिले नै पुर्जा वितरण भईसकेको थियो । त्यसलाई स्रेस्ता कायम गर्नको लागि सूर्यविनायक नगरपालिका वडा नं ४ लाई नै सम्पूर्ण नापजाँच गरि सक्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण स्रेस्ता भने कायम हुन सकेको थिएन ।

सबै कानूनी प्रक्रिया पूरा गरि सोमबार थिमीको शंखधर पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा स्रेस्ता पुर्जा वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख थापाले सम्पुर्ण स्रेस्ता पुर्जा प्राप्त गर्ने सबैलाई बधाई दिनुहुँदै आज वितरण गरिएको पुर्जा आधिकारिक पुर्जा भएको बताउदै ऐतिकासिक ठाँउ चिउरा भनेपछि चित्रपुरको नाम आउँछ, यो ठाँउका स्थानीयले आज आफ्नो पुर्जा पाउनुभएको यो कार्यामा अहोरात्र खटिने सबैलाई धन्यवाद दिनुभयो ।

यो समस्या सदाको लागि समाधान भएको बताउदै बजेटको समस्याले गर्दा रोकिएको यो कार्य आज समाधान भएको छ, अब आफ्नो कार्यकाल ११ महिना मात्र बाकी रहेकोले सुर्यविनायक नगरपालिकालाई बस्न लाएकको सफा हराभरा सुन्दर शहर बनाउनका लागि सबैको महत्पुर्ण भूमिका रहकोले सबैको साथ र सहयोनको अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा सुर्यविनायक नगरपालिकाका नगरप्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले लामो समयदेखि प्रयोग गरिएको तर जग्गा स्रेस्ता दर्ता कायम नभएको स्ववासी जग्गा मल्लकालिन बस्ती आजसम्म पुर्जा अत्यावधिक हुन सकेको थिएन, यसका लागि २०७४ सालमा नै स्थानीय तहको निर्वाचनमा भोट हाल्नुभयो त्यो समयदेखि नै उक्त ठाँउको स्रेस्ता पुर्जा कायम गर्नका लागि काम शुरु भएको जानकारी दिनुभयो । विविध कारणले र अख्तियारको उजुरी समेत परेकोले काम अड्किएको अवस्था थियो, बजेटको अभाव अन्य कारणले रोकिएको काम आज सम्पन्न भएको छ, यो असल कार्यमा लाग्ने सबैलाई धन्यवाद दिनुभयो ।

यो कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने पुर्व मन्त्री महेश बस्नेत, बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, अनिल कुमार श्रेष्ठ, अनिल मानन्धर, भोला राउत, राजन प्रजापती, कृष्ण सुन्दर श्रेष्ठ लगाएतको अथक प्रयासले गर्दा चित्रपुरका स्ववासीलाई जग्गाको स्रेस्ता पुर्जा वितरणको कार्य सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला नापी कार्यालय भक्तपुरका प्रमुख डा. प्रदीप सापकोटा, भूमी आयोग भक्तपुरका अध्यक्ष दीपक बिसुङ्गे, वडा नं. ४ का अध्यक्ष लछुराम न्यौपाने, कार्यपालिका सदस्य विदुर खड्का, तारा सापकोटा, पूर्जा वितरण कार्यमा सुरुदेखि निरन्तर सक्रिय रहेका समाजसेवी राजु लुबञ्जार श्रेष्ठ, राजन प्रजापति तथा स्थानीय भूमी आयोगका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न