
जन आवाज न्युज/भक्तपुर असार, ३० गते । “दीगो विकास, व्यवस्थित शहर : स्वच्छ समृद्ध सूर्यविनायक नगर” भन्ने मूल नाराका साथ सूर्यविनायक नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको छ ।
शैक्षिक सत्र २०८१ मा कक्षा ८, कक्षा १० (SEE) तथा कक्षा १२ (SLC) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको हो।

कक्षा ८ मा उत्कृष्ट हुने विद्यार्थीलाई १० हजार, एसईई र कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई समानरूपमा २५-२५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। कार्यक्रममा ५० भन्दा बढी विद्यार्थी सहभागी गराई उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक विद्यालय अरनिको मावि, दधिकोट र शतप्रतिशत नतिजा ल्याउन सफल वडा नं. ९ स्थित भुवनेश्वरी माविलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।
१० जना भन्दा बढी विद्यार्थी सहभागी गराई शतप्रतिशत नतिजा ल्याउन सफल संस्थागत विद्यालयहरू वेदिक स्कूल, क्याण्डिड करिअर स्कूल, माउन्ट भ्यू, विमल मेमोरियल स्कूल, हिमाल एकेडेमी, उडेन गार्डेन, सञ्जय साई विद्या मन्दिर, किंग्स एकेडेमी, माउन्ट एभरेष्ट, शंखधर मेमोरियल स्कूल र मोडेल जनता स्कूललाई पनि सम्मान गरिएको थियो।
एसईई २०८१ मा भक्तपुर जिल्लाभरबाट ३० जनाले ४.० जीपीए ल्याएका थिए भने सूर्यविनायक नगरपालिकाबाट मात्र १० जनाले ४.० जीपीए ल्याउन सफल भएका थिए।
सामाजिक विकास समितिका संयोजक रवीन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख सरिता भट्टराई, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्न कट्वाल, वडा नं. ४ का वडाध्यक्ष लछुराम न्यौपानेले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का प्रदीप कार्की, ३ का दीपेन्द्र केसी, ८ का पुष्पराज बस्नेत, १० का शिवराम राउत, कार्यपालिका सदस्यहरू हेमा दाहाल खतिवडा, सावित्री मिश्र, शर्मिला बस्नेत, सुनील भुजेल, सुमन परियारलगायत जनप्रतिनिधि तथा विभिन्न शाखाका कर्मचारीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related




















Total views : 351495










