अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा किर्तिपुरको जनसेवा माध्यमिक  विद्यालयमा स्वच्छता प्रशिक्षण तथा स्वच्छता सामग्री हस्तान्तरण  | Jana Aawaj News

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा किर्तिपुरको जनसेवा माध्यमिक  विद्यालयमा स्वच्छता प्रशिक्षण तथा स्वच्छता सामग्री हस्तान्तरण 

(तस्बिरमा हेर्नहोस् )

पढ्न लाग्ने समयः 5 मिनेट
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा किर्तिपुरको जनसेवा माध्यमिक  विद्यालयमा स्वच्छता प्रशिक्षण तथा स्वच्छता सामग्री हस्तान्तरण  : Jana Aawaj News

जन आवाज न्युज/किर्तिपुर असार, ३० गते। अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले “स्वस्थ शरीरका लागि स्वच्छ बानी” र “आमाको प्रेम सारा संसारमा” भन्ने मूल नाराअन्तर्गत किर्तिपुर नगरपालिका, वडा नं ५ स्थित पाङ्गामा रहेको जनसेवा माध्यमिक विद्यालयमा स्वच्छता प्रशिक्षण तथा स्वच्छता सामग्री सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वीलभयू फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्सोहाङ, सचिव नारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक देवराज महर्जन र अतिरिक्त क्रियाकलाप संयोजक रिनु पौडेल लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा वीलभयू फाउन्डेसनका युवा सदस्यहरूले सुरुमा विद्यालय प्राङ्गणमा ५ वटा प्यानल प्रस्तुतिद्वारा हात धुने र स्वच्छता कायम राख्ने विषयमा विस्तृत वर्णन गरिदिने कार्य गरेका थिए । दोस्रोमा विद्यार्थी र शिक्षक-शिक्षिकाहरूलार्ई साबुन, नङ काट्ने उपकरण र हाते रूमाल समाहित स्वच्छता सामग्री किट र प्रेमको खाजा वितरण गरिएको थियो भने तेस्रोमा विद्यार्थीहरूद्वारा सही तरिकाले हात धुने तरिकाको प्रयोगात्मक अभ्यास गरिएको थियो । साथै फाउन्डेसनले शौचालय परिसरको हात धुने स्थानमा लिक्विड ह्याण्ड वास डिस्पेन्सर (Liquid Hand Wash Dispenser) उपकरण पनि जडान गरिदिएको थियो ।


वीलभयू फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्सोहाङले शरीरका विभिन्न अङ्गगहरूमध्ये हात धेरै प्रयोग गरिने अङ्ग भएको र अधिकांश रोगहरू हातमा भएको किटाणुहरूद्वारा सर्ने भएकोले हातलार्ई सधैँ स्वच्छ र सफा राख्नुपर्ने कुरा बताउनुभयो ।

प्रधानाध्यापक देवराज महर्जनले इ.सी.डी देखि कक्षा ५ का विद्यार्थीहरू, शिक्षक-शिक्षिकाहरू र अभिभावकहरूलार्ई विद्यालयको प्राङ्गगणमै सैद्धान्तिक र प्रयोगात्मक दुवै तरिकाद्वारा दिइएको यस किसिमको प्रशिक्षण एकदमै उपलब्धिमूलक रहेको कुरा बताउनुहुँदै अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गील जाज्यू प्रति हार्दिक आभार व्यक्त गर्नुभयो । शिक्षिका तथा अतिरिक्त क्रियाकलापक संयोजक रिनु पौडेलले आजको यस कार्यक्रमद्वारा आत्म-जागरूकता र आत्म-स्वच्छतामा हात धुने कार्य एकदमै महत्त्वपूर्ण रहेको कुरा जोड दिनुहुँदै सही तरिकाले हात धुने प्रयोगात्मक तरिका सिकेर विद्यार्थीहरूको जीवनमा परिवर्तन आउने र यसद्वारा उनीहरू एकदमै उत्साहित भएको कुरा बताउनुभयो ।
उक्त कार्यक्रममा २५ जना शिक्षक-शिक्षिकाहरू, इ.सी.डी देखि कक्षा ५ का करीब ६०० जना विद्यार्थीहरू र फाउन्डेसनका ३४ जना सदस्यहरूको सहभागिता रहेको थियो ।

वीलभयू फाउन्डेसनले यही जुलार्ई ३ तारिखमा काठमाडौंको चन्द्रागिरी नगरपालिकामा अवस्थित महालक्ष्मी आधारभूत विद्यालय र जुलार्ई १० तारिखमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा पनि यही किसिमको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो भने यसअघि ललितपुरको महालक्ष्मी नगरपालिकामा अवस्थित गम्भीर समुन्द्र सेतु उच्च माध्यमिक विद्यालयमा पानी शुद्धीकरण उपकरण हस्तान्तरण गरेको थियो । यसका साथै काठमाडौको चन्द्रागिरी नगरपालिकामा अवस्थित महादेवथानको पार्कमा ‘आमाको उद्यान(Mom’s Garden)’ वातावरण संरक्षण प्रोजेक्टअन्तर्गत २५० वटा रूखका विरूवाहरू रोप्ने कार्य पनि सम्पन्न गरेको थियो । यसैगरी  यही वर्ष देशभरि भएको रक्त अभावलार्ई परिपू्र्ति गर्न सातै प्रदेशमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।


वीलभयू फाउन्डेसनचाहिँ यूएनडिजिसीसँग सहकार्य गर्ने एक गैरसरकारी संस्था हो, र यसका ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत विश्वभरि मानवीय गतिविधिहरू गर्दैआएका छन् । वीलभयूले वातावरण संरक्षण, आपत्कालीन राहत, खानेपानी तथा सरसफाइ, गरिबी तथा भोक उन्मूलन, स्वास्थ्य तथा कल्याण, सामुदायिक कल्याण, शैक्षिक सहयोग जस्ता विविध गतिविधिहरू करीब ४,५०० पटक आयोजना गरिसकेको छ । सो कार्यको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ ।


नेपालमा पनि २०७२ सालको भूकम्पका बेला भूकम्प पीडितहरूका लागि राहत कार्य, रूपन्देहीमा भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण, कोभिड-१९ महामारीको सामना गर्न क्वारेन्टाइन सामग्रीहरू अनुदानमा पनि सक्रिय रूपमा सहभागी भए वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरी उपमहानगरपालिकाबाट प्रशंसा-पत्र, कीर्तिपुर नगरपालिकाबाट कदर-पत्र, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट सम्मान-पत्र जस्ता विभिन्न अवार्डहरू प्राप्त गरेको छ ।


भविष्यका कर्णधारहरूलाई समर्थन गर्ने कार्यमा पनि सरिक हुँदै वीलभयूले यसै वर्ष भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. १मा अवस्थित श्री सरस्वती विद्यालयमा साइनबोर्ड जडान गरेर  घेराबार मर्मत गरिदिनुका साथै पंखाहरू पनि सहयोग गरेको छ । त्यसै गरी वीलभयूले कोशी प्रदेशको ईटहरीस्थित श्री सेतो गुराँस बालवाटिका प्राथमिक विद्यालयमा खेल मैदान निर्माणका लागि जग्गा खरिद रकम सहयोग गरी शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुऱ्याएको छ ।


यसको अतिरिक्त वी लभ यूले पहाड, समुद्र, खोलानाला, सहरको सडक र पार्क जस्ता ठाउँहरूलाई सफा गरी सजाउने वातावरणीय कल्याण गतिविधि ‘क्लिन वर्ल्ड अभियान’का साथै विश्वव्यापी तापक्रम वृद्धिको मुख्य कारक, हरितगृह ग्याँसलाई न्यूनीकरण गर्न वृक्षारोपण गर्ने  ‘आमाको उद्यान(Mom’s Garden)’ प्रोजेक्ट पनि आयोजना गरेको छ । सोही प्रोजेक्टअनुरूप वीलभयूले बागमती कागेश्वरी मनोहराको शहीद पार्कमा ४४० वटा वृक्षहरू रोप्नुका साथै वरिपरिको वातावरण सरसफाइ गरेर छिमेकीहरूलाई दिगो जीवनको आधार उपहारस्वरूप प्रदान गरेको छ ।

 

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा टोखाका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरणा
2 नेपाल टी-२० वरियतामा एक स्थान माथि उक्लियो
3 तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रपतिले बोलाए सबै दलहरूलाई
4 सुनको मूल्यमा सामान्य गिरावट
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न