स्वास्थ्यमन्त्री किरण थापाद्वारा कटुञ्जेको घट्टेखोला खाेला अनुगमन | Jana Aawaj News

स्वास्थ्यमन्त्री किरण थापाद्वारा कटुञ्जेको घट्टेखोला खाेला अनुगमन

पढ्न लाग्ने समयः 2 मिनेट
स्वास्थ्यमन्त्री किरण थापाद्वारा कटुञ्जेको घट्टेखोला खाेला अनुगमन : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका-५ कटुञ्जेस्थित गडेधारा टोलअवस्थित रहेको स्थानीय घट्टेखोलामा बनिरहेको करिडोर बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, सूर्यविनायक नगरपालिकाका वडा नं. ५का वडाध्यक्ष राजकुमार जोशी, समाजसेवी अनिता पाण्डे र वडा सदस्यहरुको टोलीले शनिबार अनुगमन गर्नुभएको छ । मन्त्री थापाले बनिरहेको करिडोरका निमित्त प्रदेश सरकारले एक करोड ५० लाख छुटाइएको जानकारी दिनुभएको छ ।

उहाँले खोलाको छेउछाउमा घर बनाएर बस्नुहुने सम्पूर्ण स्थानीयबासीहरुलाई आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितलाई प्राथमिकता दिनुहुन आग्रह गर्दै करिडोरको विषयलाई लिएर वडालाई बजेट विनियोजन भएसँगै चाँडो भन्दा चाँडो काम अगाडी बढाउन र विजुलीका पोललाई उपयुक्त ठाउँमा सार्न पनि निर्देशन दिनुभएको छ । उहाँले गत महिना भएको वर्षाका कारण वडा नं. ४ र वडा नं. ५ जोडिने र आउँजाउँ गर्न मिल्ने पुल भाँचिएको हुनाले सम्पूर्ण टोलबासीहरुलाई वडा सँगसँगै एकअर्काको सहकार्यमा पुल बनाउन समिति बनाएर काम गर्न सहज हुने सुझाव पनि दिनुभएको छ । त्यस्तै सूर्यविनायक नगरपालिकाका वडा नं. ५का वडाध्यक्ष राजकुमार जोशीले यस घट्टेखोला
खोलामा बनिरहेको करिडोरका लागि सूर्यविनायक नगरपालिकाले १ करोड २० लाख, वडा नं. ५ ले १० लाख छुटाएको जानकारी दिँदै हाल ८० लाख सम्मको काम भइरहेको बताउनुभएको छ साथै उहाँले यस करिडोर बनाउने जिम्मा शैलुङ कन्स्ट्रक्सनले लिनुभएको हुँदा सकेसम्म चाँडै करिडोर बनेर यहाँका स्थानीयहरुलाई बर्षाको समयमा जोखिममुक्त बनाउने आशा राखेको पनि बताउनुभएको छ । उहाँले गत महिना वर्षाको समयमा भाँचिएको पुल बनाउन पनि वडाले ४ लाख बजेट छुटाएर काम अगाडी बढाउने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

समाजसेवी अनिता पाण्डेले गत वर्ष भीषण वर्षाका कारण स्थानीयघट्टेखोला खोलामा आएको बाढी बस्तीमा पसेपछि करिब ३० घर डुबानमा परी स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको जानकारी दिँदै बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतल्लाभित्र पसेको पानी चार फिटसम्म पुगेर बिचल्ली हुने अवस्था छ त्यसकारण उहाँले स्वास्थ्य मन्त्री किरण थापा, वडाध्यक्ष राजकुमार जोशी , नगरपालिकाका प्रतिनिधि र सम्पूर्ण टोलबासीहरुलाई यस गडेधाराको ढुङ्ग्रेखोलामा सुरु भएको करिडोर निर्माण सकेभर चाँडै सिध्याउन आफ्नो आफ्नो तर्फबाट लाग्नुहुन आग्रह गर्दै आफू पनि यही टोलबासी भएको नाताले भौतिक रुपमा मात्र नभई आर्थिक रुपमा पनि सदैव अगाडी रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

+ posts
ताजा
1 ASEZ WAO द्वारा काठमाडौँकाे नक्साल Green Workplace वातावरण गोष्ठी सम्पन्न
2 उर्लाबारी र दमकद्वारा सामूहिक रुपमा १८३४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
3 ASEZ WAO द्वारा ललितपुरको ठेचोमा Green Workplace वातावरण गोष्ठी सम्पन्न
4 राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न