बाँकेमा ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरू | Jana Aawaj News

बाँकेमा ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरू

पढ्न लाग्ने समयः < 1 मिनेट
बाँकेमा ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरू : Jana Aawaj News

जन आवाज न्युज/बाँके साउन, १२ गते । बाँकेको नेपालगञ्ज उप-महानगरपालिकामा आजदेखि ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरू भएको छ ।

तालिमको उद्घाटन नगर उप-प्रमुख कमरुद्दीन राईले तालिमका विषयवस्तुमा ध्यान दिएर सीप सिकाइमा केन्द्रित रहन सहभागीहरूलाई सुझाव समेत दिनुभएको थियो । उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विपद्लाई युद्धको अवस्थासँग तुलना गर्नुहुँदै त्यसको लागि स्वयंसेवीहरूले ज्ञान, सीप र रणनीति हासिल गर्नुपर्ने बताउनुभयो ।

तालिमका संयोजक तथा भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपालका विज्ञ डा. गणेश कुमार जिमीले तालिमले समुदाय स्तरमा विपद्को सामना गर्न सघाउ पुग्ने बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना, नेपालगञ्ज उप-महानगरपालिकासको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालको प्राविधिक सहायता एवं युएनडिपि, युनिसेफ, युएन वुमन, एचआइ र सिडिएमसँगको सहकार्यमा सुरु भएको तालिम साउन १६ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम पाठ्यक्रम, २०८१ बमोजिम सञ्चालित तालिममा नेपालगञ्ज उप-महानगरपालिका, कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिकाका नगर प्रहरी, दमकल कर्मचारी र समुदायमा क्रियाशील स्वयंसेवीहरू गरी ९ महिला सहित २४ जनाको सहभागिता रहेको छ ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न