दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन | Jana Aawaj News

दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

पढ्न लाग्ने समयः < 1 मिनेट
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन : Jana Aawaj News

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सबाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिनुुभएको हो । उहाँले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गर्नुभयो । परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिनुभएको थियो ।

छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत लगाएतको उपस्थिति थियो ।

+ posts

ताजा
1 सनसाइन नेसनल स्कुलको वार्षिकोत्सव समारोह सम्पन्न
2 विद्या आर्जन इङ्ग्लिस स्कुलको दिक्षान्त समारोह सम्पन्न
3 सूर्यविनायक नगरपालिकाको आयोजनामा नि: शुल्क भलिबल प्रशिक्षण कार्यक्रमको उद्गघाटन
4 विनायकको ३८ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न