जन आवाज न्युज/नेपालगञ्ज । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WOA ले नेपालगञ्जमा ‘प्लास्टिक मुक्त २०४०’ सरसफाइ गतिविधि सम्पन्न गरेको छ ।
 मण्डलीले सोमबार नेपालगञ्जमा ‘प्लास्टिक मुक्त (Plastic-Free) २०४०’ अभियानको एक हिस्सा स्वरूप सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।

 विश्वव्यापी वातावरणीय समस्या बनेको प्लास्टिकको समस्या समाधान गर्न सो समूहले विश्वभर यस्ता गतिविधिहरू आयोजना गर्ने गर्छ । विश्वका विभिन्न ठाउँहरूमा जम्मा हुने प्लास्टिकजन्य फोहोरले समुद्री पारिस्थितिक प्रणालीलाई मात्र नभएर मानव स्वास्थ्यलाई पनि जोखिममा पारिरहेको छ । बढ्दो प्लास्टिक प्रदूषणको प्रतिक्रियास्वरूप, अन्तर्राष्ट्रिय समुदायले ‘विश्वव्यापी प्लास्टिक सन्धि’को प्रस्ताव पारित गरेको छ । सन् २०४० सम्म प्लास्टिक प्रदूषण समाप्त गर्ने दीर्घकालीन लक्ष्यअन्तर्गत विश्वव्यापी प्लास्टिक सन्धिबारे छलफल भइरहेको छ र संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम ९ग्ल्भ्ए० ले यसका लागि वैज्ञानिक रूपमा न्यूनीकरण परिदृश्यहरू सुझाव दिएको छ ।

ASEZ WOA का सदस्यहरू, उनीहरूका परिवार र छिमेकीहरू गरी करिब ८० जना स्वयंसेवकहरू बिहान सबेरै भेला भएर नेपालगन्जको धम्बोझी वाटरपार्क वरिपरि धेरै जनसंख्या भएको क्षेत्रलाई केन्द्र बनाएर विभिन्न किसिमका प्लास्टिक फोहोरहरू सङ्कलन गरे । करिब दुई घण्टासम्म जारी रहेको सरसफाइ गतिविधिबाट ५० लिटर फोहोरका झोलाहरू १०० वटा भरिनेसम्म फोहोरहरू सङ्कलन गरियो र पुनः प्रयोग गर्न सकिने स्रोतहरूलाई अलग छु्ट्याइयो ।
 ASEZ WOA का अधिकारीले भने, “प्लास्टिक फोहोरको समस्या मानव-जातिले सामूहिक रूपमा चिन्तन र समाधान गर्नुपर्ने गृहकार्य हो । यदि विश्वमा सबैले ध्यान दिएर प्रयास गर्ने हो भने हामी निश्चय नै समाधानमा पुग्न सक्छौं । आजको यो स्वयंसेवा गतिविधिमार्फत, हामीले प्लास्टिक प्रदूषणको गम्भीरताबारे जनचेतना जगाउने, समुदायको सहभागितालाई प्रोत्साहित गर्ने र वातावरण संरक्षणप्रति जनचेतना जगाउने लक्ष्य लिएका छौं ।”

 नेपालगञ्ज उपमहानगरपालिकाले युवाहरूको स्वयंसेवा कार्यप्रति खुशी व्यक्त गर्दै फोहोर सङ्कलनमा सहयोग पुर्यायो । राष्ट्रिय स्वतन्त्र पार्टी बाकेँ जिल्ला सभापति हरिपाल सिङ के.सीले यो समूहले विगत लामो समय देखि सरसफाइ, रक्तदान जस्तो क्रियाकलाप गर्दै आएको छ, यसले समाजलाइ राम्रो बाटो तिर डोर्याउने सन्देश दिएको छ । यो एकदम प्रेरणादायक कार्य हो । प्लाष्टिक जुन विश्वको निम्ति हानिकारक छ, २०४० सम्म प्लाष्टिक हटाउ भन्ने विश्वव्यापी अभियान अन्तर्गत जुन कार्य यहाँहरूले गरिरहनुभएको छ यहाँहरूको भुमिका अग्ररूप रहनेछ भन्ने कुरा मलाइ विश्वास छ” भन्दै हौसला दिनुभयो ।

 स्वयंसेवामा सहभागी भेरी बस व्यवसाही संघका अध्यक्ष साथै मण्डलीका सदस्य जुन बहादुर थापाले खुशी हुँदै “विश्वको समस्य भएको प्लाष्टिक प्रदुषण २०४० सम्म हटाऔ भन्ने यो विश्वव्यापी अभियानमा आफू सहभागी हुन पाउदा एकदमै गर्व लागेको छ भने ।

 ASEZ WOA भन्ने सङ्गठनको नाममा Save the Earth from A to Z पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं’ र We Are One Family हामी एउटै परिवार हौं’ भन्ने वाक्यांश संयोजन भएर ‘हामी एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं’ भन्ने अर्थ समावेश छ । यो समूह नेपालमा मात्र नभएर अमेरिका, बेलायत, पेरु, भारत लगायत विश्वभरि नै सक्रिय छ । सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको लागि मान्यतास्वरूप ५४० भन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।

ASEZ WOA आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा, वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ३१,१०० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,२०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

 Total views : 295517
 Total views : 295517