अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्छ ः प्रधानमन्त्री | Jana Aawaj News

अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्छ ः प्रधानमन्त्री

पढ्न लाग्ने समयः < 1 मिनेट
अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्छ ः प्रधानमन्त्री : Jana Aawaj News

जन आवाज न्युज/ललितपुर, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई. पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औँ तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपरेको बताउनुभयो । उहाँले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरुको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा शयामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न