किरण थापालाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

किरण थापालाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

पढ्न लाग्ने समयः < 1 मिनेट
किरण थापालाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । बागमती प्रदेश सरकारको हालै भएको मन्त्रीपरिषद् पुनर्गठनमा भक्तपुर क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य किरण थापालाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि पनि स्वास्थ्य मन्त्रालय सम्हालिसकेका मन्त्री थापाले छोटो अवधिमै स्वास्थ्य पूर्वाधार, जनस्वास्थ्य सेवाको विस्तार, र सेवा प्रवाह सुधारजस्ता विषयमा उल्लेखनीय प्रगति गर्न सफल हुनुभएको थियो।

स्वास्थ्य क्षेत्रमा प्रभावशाली पहलकदमी, गतिशील नेतृत्व, र स्पष्ट कार्यदिशाका कारण प्रदेश सरकार तथा आम नागरिकको विश्वास जितेका थापाले पुनः सोही जिम्मेवारीमा फर्किनुले आगामी दिनमा प्रदेशको स्वास्थ्य सेवा प्रणाली अझ प्रभावकारी, समावेशी र जनमुखी हुने अपेक्षा राखिएको छ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 दोस्रो गौखुरेश्वर कप भेट्रान भलिबलको फाइनलमा न्यु गौखुरेश्वर युवा क्लब प्रवेश
2 स्रष्टा दिव्या बज्राचार्यले गरे स: दबू साहित्यमा एकल लघुकथा वाचन
3 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
4 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x