नेपालगञ्ज नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण | Jana Aawaj News

नेपालगञ्ज नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपालगञ्ज नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण : Jana Aawaj News

जन आवाज/ न्युजकाठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी-व्यवसायीबाट नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२

जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण हस्तान्तरण गर्नुभयो ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाउनुभयो । उहाँले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायतका काममा पनि चासो दिन आग्रह गर्नुभयो ।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न