भाषागत समावेशीले संघीताको मर्मलाई संबोधन गर्छ : मन्त्री गुरुङ | Jana Aawaj News

भाषागत समावेशीले संघीताको मर्मलाई संबोधन गर्छ : मन्त्री गुरुङ

पढ्न लाग्ने समयः 2 मिनेट
भाषागत समावेशीले संघीताको मर्मलाई संबोधन गर्छ : मन्त्री गुरुङ : Jana Aawaj News

काठमाडौँ, १ भदौ  सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भाषागत समावेशीले संघियताको मर्मलाई संबोधन गर्ने बताउनुभएकोछ ।

काठमाडौँमा आज तामाङ पत्रकार संघले आयोजना गरेको ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजति तामाङ मिडिया अवार्ड-२०८२ कार्यक्रममा संबोधन गर्दै मन्त्री गुरुङले अरु क्षेत्रमा भन्दा सरकारी सञ्चार माध्यममा समावेशी नीति प्रभावकारी देखिएको बताउनुभयो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङका अनुसार रेडियो नेपाल, नेपाल टेलिभिजन, गोर्खा पत्र र रासस जस्ता सरकारी माध्यममा मातृभाषाको समावेशी थप्ने कार्य तिब्र भइरहेको सुनाउनुभयो । जस अन्र्तगत गोर्खा पत्रमा हाल सम्म ४५ वटा माभृभाषामा समाचार संप्रेषण भइरहेको, रेडियो नेपालमा २५ वटा मातृभाषाहरु र राससमा हाल सम्म नेपाल भाषा र मैथीली मातृभाषामा समाचार सेवा विस्तार सुरु गरिएकोछ । सञ्चार मन्त्री तामाङले सञ्चार माध्यममा भाषागत समावेशी गर्ने कार्यलाई मुख्य प्राथमिकताकासाथ अघि बढाइएको बताउनुभयो । । जस अन्तर्गत यो वर्ष नै राससमा तामाङ भाषाको समाचार सेवा विस्तार गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

त्यस्तै, उहाँले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामार्फत समितिमा छलफलको क्रममा रहेको मिडिया विधेयक काउन्सील अलगभ अन्तिम निस्र्कषमा पुगेको बताउनुभयो । यसकासै मन्त्रालयले भर्खरै एआई नीति मन्त्रीपरिषद्बाट पास गरेको र अब छिट्टै नै कार्यान्व्यन गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । सरकारले डिजीटल फ्रेमवर्क नेपालको परिकल्पनालाई साकार पार्न एआइ नीतिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने पनि उहाँको धारणा थियो । एआइ नीति लागु गर्नका लागि आवश्यक पर्ने भौतिक संरचनाको निर्माण गर्ने, फो जी नेटवर्कलाई तिब्र पार्दै फाइभ जि नेटवर्ककको सुरुवात गर्ने, डाटा सेन्टहरु खोल्ने र आवश्यक आइटि जनशक्तीको निर्माण गर्ने लगायतका योजना अन्तर्गत मन्त्रायले गृहकार्य गर्दै आएको विश्वास समेत मन्त्री गुरुङले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका उप-सम्पादक टिकाराम तामाङ र धनकुटाका रेडियो पत्रकार मालति मोक्तानलाई यस वर्षको तामाङ मिडिया अवार्डले पुरस्कृत गरिएको थियो । सञ्चार मन्त्री गुरुङले पत्रकार द्वेयलाई तामाङ र मोक्तानलाई पुरस्कार हस्तान्तरण गरि प्रोत्साहन गर्नुभएको थियो । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सीचाइ मन्त्री कृष्ण कुमार तामाङले तामाङ भाषालाई सरकारी कामकाजमा कार्यान्वयन गराउन आफु प्रयत्नशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङले अवार्ड प्रदानमार्फत संघले तामाङ समुदायका पत्रकारको संरक्षण, प्रवद्र्धन बृद्धि विकासमा सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।

+ posts

 

 

ताजा
1 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
2 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
3 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
4 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न