सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिलाई तीव्रता प्रधानमन्त्रीको आग्रह | Jana Aawaj News

सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिलाई तीव्रता प्रधानमन्त्रीको आग्रह

पढ्न लाग्ने समयः < 1 मिनेट
सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिलाई तीव्रता प्रधानमन्त्रीको आग्रह : Jana Aawaj News

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको तीव्रता दिनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आतबार सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सूचना प्रविधिको उपयोग अनिवार्य भएको बताउनुुभयो । उहाँले आफ्नो पहिलो प्रधानमन्त्रीको कार्यकालमा सिङ्गो मुलुकलाई प्रविधिमैत्री तुल्याउन डिजिटल नेपालको फ्रेमवर्क तयार गरेको र अहिले त्यसलाई कार्यान्वयनको काम भइरहेको बताउँदै हालै आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआइ) सम्बन्धी नीति ल्याएको उल्लेख गर्नुभयो । साथै उहाँले कानुुनमा संशोधनमार्फत नेपालमै बसेर सूचन र प्रविधिका क्षेत्रमा विदेशमा कम्पनी खोल्न सकिने व्यवस्था गरिएको पनि उहाँले स्मरण गर्नुभयो ।

“हामी देश, समाज र सिङ्गै मानव जातिलाई अझ उन्नत र परिस्कृत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ । सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा यसलाई प्रयोग गर्दै विकासमा व्यापकता, सामाजिक सद्भाव र नवीनताका लागि सहयोग लिन आग्रह गर्दछुु ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीले गत वर्षको एसइईमा अनलाइन कक्षाका माध्यमबाट १४ प्रतिशतसम्म नतिजामा सुधार ल्याउन सकेका छौँ । यस्तै स्वास्थ्य र अन्य क्षेत्रमा पनि सूचना प्रविधिको उपयोग गर्दै आएका छौँ । यसको दुरुपयोगबाट हुने कमीकमजोरी र विकृतितप्रति हामी सजग हुनुपर्छ ।’’
प्रधानमन्त्री ओलीले सरकार प्रेस तथा अभिव्यक्तिका पक्षमा रहेको स्पष्ट गर्दै समाजलाई हानी पुग्ने खालका सूचना सम्प्रेषण भने गर्न नहुने बताउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न