स्थानीय र नगरपालिकाको सहकार्यमा निलबाराही मन्दिरको संरक्षण गर्छौं : मेयर सुरेन्द्र श्रेष्ठ | Jana Aawaj News

स्थानीय र नगरपालिकाको सहकार्यमा निलबाराही मन्दिरको संरक्षण गर्छौं : मेयर सुरेन्द्र श्रेष्ठ

(पूरा भिडियो सहित)

पढ्न लाग्ने समयः 2 मिनेट
स्थानीय र नगरपालिकाको सहकार्यमा निलबाराही मन्दिरको संरक्षण गर्छौं : मेयर सुरेन्द्र श्रेष्ठ : Jana Aawaj News

जन आवाज न्युज/ भक्तपुर भदौ, ३ गते । भक्तपुरको मध्यपुर थिमीस्थित उपत्यकाको चार बाराही मध्येको एक, मध्यपुर थिमि नगरपालिका वडा नं. ९ स्थित प्रसिद्ध, ऐतिहासिक, धार्मिक तिर्थस्थल निलबाराही मन्दिरको पुर्व र पश्चिमतर्फको पहिरो तथा भू-क्षय नियन्त्रणका लागि आज पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

मध्यपुर थिमि नगरपालिका र काठमाण्डौं उपत्यका विकास प्राधिकरण ।(केभिडिए) ले कार्यान्वयन गरिने योजनाको थ्री डि नक्सासहितको डिजाइनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको थियो ।

मध्यपुर थिमि नगरपालिकाले स्थापनाकालदेखी नै हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै यहाँको कला संस्कृति, मूर्त अमूर्त सम्पदा र धार्मिक एवम् पर्यटकिय स्थलहरुको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि निरन्तर प्रयासरत रहँदै आएको समेत सम्मेलनमा जानकारी गराएको छ ।

यसै सन्दर्भमा मध्यपुर थिमि नगरपालिका क्षेत्रको महत्वपूर्ण धार्मिक, साँस्कृतिक एवम् पर्यटकिय स्थलको रुपमा परिचित वडा नं. ९ स्थित निलबाराही क्षेत्रमा विगत लामो समयदेखी गइरहेको पहिरो तथा भू-क्षय रोकथाम तथा नियन्त्रण र मन्दिरको संरक्षणको लागि विविध कार्यहरु गर्दै आइरहेको बताएको छ ।

निलबाराही क्षेत्रको पहिरो तथा भू-क्षयको दिर्घकालिन समाधानका लागि नगरपालिकाले २०७९ साल देखि निलबाराही क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर संरक्षणका कामहरू गरिरहेको छ ।
निलबाराही क्षेत्रको संरक्षणका लागि तयार भएको निलबाराही गुरुयोजना कार्यान्वयन गर्न नगरपालिकाको आन्तरिक स्रोतले मात्र पर्याप्त समाधान सम्भव नभएकाले केन्द्र सरकार र अन्य सम्बन्धित निकायहरूसँगको सहकार्यमा विभिन्न कार्यहरू अघि बढाइएको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रेस विज्ञपति सहित :

+ posts