हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी-२०८२ सम्पन्न | Jana Aawaj News

हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी-२०८२ सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी-२०८२ सम्पन्न : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं.४ दधिकोट भक्तपुरमा, अवस्थित शंकर नेशनल स्कुलले क्रमिक रुपमा कक्षामा गरिएका र अध्यापन भएका पाठ्यवस्तुहरूको आधारमा विभिन्न मासिक र साप्ताहिक रुपमा फरक फरक क्रियाकलापहरुमा नानीबाबुहरुलाई जोड्दै उक्त कक्षागत सिकाईलाई विषयसँगै जोड्दै विभिन्न प्रयोगात्मक क्रियाकलापहरु गर्दै आइरहेको छ । उक्त सिकाई उपलब्धीमुलक बनाउनको लागि कक्षा १ देखि कक्षा ७ सम्मका नानीबाबुहरूको सक्रियता र विशेष शिक्षकहरूको संयोजकता तथा अन्य शिक्षकहरूको सहयोगमा विद्यालयको कार्यक्रम हलमा “हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी-२०८२”को आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा आ–आफ्नो कक्षाको प्रतिनिधित्व गर्दै हरेक कक्षाले विभिन्न स्टलहरु राखेका थिए ।

उक्त स्टलमा समुदाय, पेशा र आर्थिक क्रियाकलाप, हाम्रो पृथ्वी,नागरिक चेतना, कला संस्कृति, हाम्रो विगत, हाम्रो समुदाय, हाम्रा परम्परागत उपकरण, चाडपर्व लगायतका विषयवस्तुहरु प्रत्यक्ष अवलोकन गरी सम्पूर्ण नानीबाबुहरुले सिक्ने अवसर पाएका थिए । परम्परागत पोशाकहरू, डोको, नाम्लो, टुकी, रेडियो, हलो–जुवा देखि हाम्रो पृथ्वी समेत स्टलमा राखिएको थियो। उक्त स्टलमा रहेका नानीबाबुहरुले प्रदर्शनीमा राखेका विभिन्न सामग्री तथा वस्तुहरू बारे अवलोकनकर्ताहरुलाई प्रष्ट रुपमा व्याख्या गरी बुझाउने प्रयास गरेका थिए, लोप हुन लागेका वस्तु सामग्री तथा नागरिक चेतनाको बारेमा संविधान तथा नियम कानुन र नागरिक चेतनाको बारेमा नानीबाबुले प्रष्ट पारेका थिए । जसमा विभिन्न चेतनामूलक प्ले कार्डहरु समेत प्रदर्शनमा राखिएको थियो।

उक्त प्रदर्शनीमा हाम्रो सेरोफेरो तथा सामाजिक विषयसँग जोड्दै हरेक सिकाइको इकाइलाई परियोजना र प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको थियो। अतिरिक्त क्रियाकलाप इन्चार्ज मुकुन्द अधिकारीले यस प्रदर्शनीबाट नानीबाबुहरूले विशेष सिकाइ मात्र नभई प्रस्तुतिकरण, सामाजिकरणको ज्ञान र पूर्णरूपले विषयवस्तुहरुलाई सिकाउने उद्देश्य रहेको बताउनुभयो भने यस प्रकारका र अन्य अतिरिक्त
क्रियाकलापहरुलाई प्रयोगात्मक रुपले नै सिकाई उपलब्धीमुलक हुनेमा दुई मत नरहेको विद्यालयका प्रिन्सिपल सरण चौलागाईंले बताउनुभयो साथै अब अर्को प्रदर्शनी गणित विषयसँग जोडेर हुने पनि जानकारी दिनुभयो ।

 

 

+ posts

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x