
ललितपुर १६ भदौ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआइ प्रयोग गर्न फाइभ जी नेटवर्क कार्यान्व्यन हुन अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुचारु गर्न निर्देशन दिनुभएकोछ ।
ललितपुरमा आज नेपाल टेलिकम(एनटीसी) ले आयोजना गरेको आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यन्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा निर्देशनात्मक संबोधन गर्दै मन्त्री गुरुङले जनताको घर दैलोमा फोर जी नेटर्वक व्यापक बनाउन पनि आग्रह गर्नुभएकोछ । उहाँका अनुसार सरकारको डिजीटिल फेर्मवर्क(डिएनएफ) को उदेश्य पुरा गर्न, डिजीटल सुशासन विस्तार गर्न, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटिसीको नेवटर्क विस्तारले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
मन्त्री गुरुङले आफुले प्रधानमन्त्री केपी शर्मा ओली बिच यसै वर्ष फाइभ जी नेटवर्क सुरु गर्ने वचन दिएको बताउदै त्यसको तयारीमा लाग्न नेपाल टेलिकमलाई ध्यानार्कषण गराउनुभयो । “साउथ एसीयामै फाइभ जी नेटवर्क प्रयोग भइसकेको छ, हामी निकै पछि परेका छौँ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री र म बीच फाइभ जी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसेकोछ ।” उहाँले काठमाडौँ र पोखराबाट फाइभ जी को विस्तार गर्ने पनि बताउनुभयो । त्यसै गरि नेपाल टेलिकम जनताको अति आवश्यक र महत्वपुर्ण सेवाप्रदायि संस्था भएकाले कार्य सम्पादनमा संवेदनशीलता अपनाउनु पर्ने सुझाव दिनुभयो । साथै, आर्थिक वर्षको कार्य योजनाको लक्ष्य प्राप्तीका लागि सबैले इमादारपुर्व जिम्मेवारी बहन गर्न पनि मन्त्री गुरुङले आग्रह गर्नुभयो ।
कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले नेपाल टेलिकमले भावी लक्ष्य सत प्रतिशत पुरा गर्ने गरि काम गर्न सुझाव दिनुभयो भने सह-सचिव कोशहरी निरौलाले कार्य सम्पादनमा उब्जीएका समस्यामा अल्झी समाधान निकालेर काम योजनाहरु सम्पन्न गर्न आग्रह गर्नुभयो । कार्यक्रममा एनटीसिका सात वटै प्रदेशका निर्देशकहरुले आ-आफ्ना भावी कार्ययोजनाको लक्ष्य पुरा गर्ने प्रतिबद्धता दिनुभएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 315698



