आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम | Jana Aawaj News

आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम

पढ्न लाग्ने समयः < 1 मिनेट
आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम : Jana Aawaj News

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाकी पहाडी भेगमा साधरणतया बदली रहि बाँकी तराई भेगमा आंशिक बदली रहेको छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुन थालेकाले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। भोलिदेखि असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ।
विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने र त्यसको प्रभावले नेपालमा वर्षा गराउने छ।
त्यो वर्षाले विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनमा बाढी, पहिरो र डुबानको जोखिम हुने जनाइएको छ।
यसैगरी कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङमा पनि जोखिम हुने ठानिएको छ। यस्तै मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लालाई पनि जोखिम सूचीमा राखिएको छ।
यी जिल्लाहरुमा नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले असोज १८ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन विभागले विशेष बुलेटिन जारी गरेर अनुरोध गरेको छ।
हालको विश्लेषणअनुसार नारायणी, बागमती, कमला र कोशी नदी र यीनका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने सम्भावना छ।
यस वर्षाका कारण बाढी, डुबान, पहिरो, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना छ।
त्यसैले सम्भावित क्षति न्यूनीकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने अध्यावधिक पूर्वानुमान तथा पूर्वसूचनाहरूमा चासो राख्न र आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न