ASEZ WAO द्वारा टोखामा प्लास्टिक मुक्त अभियान २०४० सम्पन्न | Jana Aawaj News

ASEZ WAO द्वारा टोखामा प्लास्टिक मुक्त अभियान २०४० सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
ASEZ WAO द्वारा टोखामा प्लास्टिक मुक्त अभियान २०४० सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/ काठमाडौं  मङ्सिर १० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरुको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले बुधबार टोखा वडा नम्बर ८ कार्यालयमा  “ASEZ WAO प्लास्टिक मुक्त अभियान २०४०” सम्पन्न गरेको छ।


उक्त कार्यक्रममा टोखा वडा नम्बर ८ का वडा अध्यक्ष रमेश खत्री, वडा सदस्य अनुप कुमार राई, (जनप्रतिनिधि) विजय बानिया, महिला वडा सदस्य कमला पाण्डे, मिठु नेपाली लगायत सामाजिक अभियन्ता गीता खतिवडा, टोखा इन्द्रेणी टोल विकास संस्थाका अध्यक्ष दीपक पुरी, फोहोरमैला व्यवस्थापनका कर्मचारीहरू, वडाका विभिन्न पदाधिकारीहरू साथै वरिपरि स्थानीय बासिन्दाहरू र ASEZ WAO का सदस्यहरू सहित करिब ७५ जनाको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा पहिलो चरणमा सेमिनार थियो । सेमिनारमा ASEZ WAO परिचयात्मक भिडियो र त्यसपछि ASEZ WAO प्लास्टिक मुक्त २०४० सम्बन्धी ASEZ WAO का सदस्यहरूले पिपिटि प्रस्तुत गरेका थिए ।


कार्यक्रममा वडा अध्यक्ष खत्रीले ASEZ WAO को कार्यलाई निकै प्रशंसा गर्दै वडाबाट पनि सरसफाई सम्बन्धी भएका गतिविधिहरूको विषयमा जानकारी गराउनुहुँदै, यस्तो कार्यमा ASEZ WAO युवाहरुको साथ समर्थनसँगै गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।
आगामी समयहरूमा ASEZ WAO लाई हरेक गतिविधिहरूमा साथ र समर्थन दिने जनाउनुभयो। उक्त कार्यक्रममा कार्यको प्रशंसा गर्दै “प्रशंसापत्र” पनि परमेश्वरको मण्डलीलाई हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष खत्रीले “हाम्रो जीवनमा चाहिने प्लास्टिकजन्य कुराहरू जन्मदेखि मृत्युसम्मको प्रयोजनमा आउने कुराहरू, सहरदेखि गाउँसम्म, बजारदेखि घरसम्म भान्सासम्म प्रयोजन भइरहेको छ।
अब यसको फाइदा र बेफाइदाहरू छन्। प्लास्टिक मुक्त गर्ने भनेर नेपाल सरकारले आर्थिक वर्षको बजेटमा नीति नै लिएर आएको थियो।

घर साथै व्यवसाय सञ्चालनहरू पनि हामी कागजका झोलाहरू बनाउन ट्रेनिङ दिइरहेका थियौं। टोलटोलमा पनि हामीले जनचेतना जागरण गराइरहेका छौं। अझै पनि टोलबासीमा राम्ररी जागरण गर्न सकेका छैनौँ, तर आज यो ASEZ WAO थप हामीले पनि शक्ति पाएका छौं।
अहिले प्लास्टिक न्यूनीकरण गर्ने सोचद्वारा विकल्प रूपमा बायोप्लास्टिक (Bio- Plastic) झोला आएको छ त्यो चाहिँ १८० दिनमा कुहिने रहेछ। आज ASEZ WAO निकै प्रभावित भए, वातावरण संरक्षणमा र पृथ्वीलाई बचाउने अभियानमा लागिपर्नुभएका जागिरे युवाहरूलाई सफलताको कामना गर्दछु।
सरसफाई गतिविधि निरन्तर भएतापनि, व्यक्ति आफै सचेत नभएसम्म वातावरण सफा हुन सक्दैन,पहिला आफूबाट परिवर्तन ल्याउँदै राम्रो र नैतिक व्यक्ति बनेर वातावरणलाई जोगाउन प्रयत्न गर्नुपर्छ” भन्ने कुरा जानकारी गराउनुभयो त्यसैले यस्तो कार्यमा ASEZ WAO यस्तो कार्य साँच्चै प्रशंसनीय छ।”

यसैगरी ASEZ WAO का संयोजक, जय महर्जनले नेपालमा भइरहेको ASEZ WAO का गतिविधि विषय जानकारी गराउनुहुदै ASEZ WAO गतिविधिको उच्च प्रशंसा गर्दै, आमाको जस्तो निस्वार्थ भावनाद्वारा कार्य गर्ने युवाहरुलाई धेरै हौसला र प्रोत्साहन दिनुभयो। सरकारी निकायहरूबाट पाउने साथ र समर्थनद्वारा आगामी समयमा अझ सक्रिय भएर लागिपर्ने प्रतिबद्धता जनाउनुभयो साथै वातावरण संरक्षणमा र पृथ्वीको भविष्यको निम्ति अनि मानव जातिको भविष्यको निम्ति निरन्तर स्वयमसेवामा लागिपर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको अन्तिममा ASEZ WAO का सदस्यहरूले “Right here right now” भन्ने वातावरण सम्बन्धी गीतद्वारा हौसला प्रदान गर्ने कार्य भएको थियो।


त्यस्तै कार्यक्रममा वडा अध्यक्ष खत्रीले प्लास्टिक प्रदूषण अन्त्य गर्नको लागि ASEZ WAO प्लास्टिक मुक्त अभियान २०४० समर्थनयुक्त हस्ताक्षर UNSDGs मा पनि सहभागी हुनुभयो। साथै उपस्थित हुनुभएका सबैले समर्थन हस्ताक्षरमा सहभागी भएर,”हामी पनि प्लास्टिक न्यूनीकरणमा सँगै साथ दिनेछौं” भन्दै खुशीसाथ हस्ताक्षर गरिदिनुभयो।

त्यसैगरी वडा अध्यक्षको नेतृत्वमा वडा सदस्यहरू द्वारा फोहोर फोहोर सङ्कलन गर्न सुरु गरेर सबै ASEZ WAO सदस्यहरुसँगै सरसफाई शुरु गरिएको थियो ।
वडा कार्यालयको वरिपरि क्षेत्रहरू, जाल्पाचोक बानियाटार रोडमा सरसफाइ गरिएकोले उक्त ठाउँमा छिमेकीहरु निकै खुशी र धन्यवादी हुदै ASEZ WAO को प्रशंसा गरेकाका थिए ।

+ posts