बुुढानीलकण्ठमा सूचनाको हक सम्बन्धि अभिमुखीकरणसम्पन्न | Jana Aawaj News

बुुढानीलकण्ठमा सूचनाको हक सम्बन्धि अभिमुखीकरणसम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
बुुढानीलकण्ठमा सूचनाको हक सम्बन्धि अभिमुखीकरणसम्पन्न : Jana Aawaj News

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको सूचनाको हक तथा स्वतः प्रकाशन सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । सूूचनाको हक सम्बन्धि ऐनले हरेक सरकारी कार्यालयले तीन तीन महिनामा नगरपालिकाका गरेका काम तथा सूचना स्वत प्रकाश गर्नपर्छ ।
बुढानीलकण्ठ नगरपालिकाले नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न र पारदर्शी स्थानीय शासन प्रणाली विकास गर्न स्वत प्रकाशन सम्बन्धि अभिमुुखीकरण गरेको हो ।

सो अवसरमा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, उप-प्रमुख अनिता लामा, राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त दुर्गा भण्डारी पौडेल लगायतको उपस्थिति रहेको थियो । साथै वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, नगर सभा सदस्यज्यूहरू, महाशाखा तथा शाखा प्रमुखज्यूहरू र अन्य महानुभावहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजकर्ता प्रशासकीय अधिकृत महेशप्रसाद पाठकले गर्नुुभएको थियो । नगर प्रमुख अधिकारीले लोकतन्त्रलाई सुदृढ बनाउन सूचनाको हक अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । स्थानीय तहले पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न स्वतः प्रकाशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्राविधिक सत्रअन्तर्गत प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सूचनाको हकसम्बन्धी कानुनी प्रावधान, नागरिकको अधिकार र कार्यान्वयनका पक्षबारे जानकारी दिएका थिए भने राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त दुर्गा भण्डारी पौडेलले नेपालमा सूचनाको हकसम्बन्धी व्यवस्था, यसको प्रयोग, चुनौती र अवसरका विषयमा विस्तृत प्रस्तुति दिएका थिए ।

कार्यक्रमको समापन नगर प्रवक्ता तथा १० नम्बर वडा अध्यक्ष नवराज भट्टराईले गर्दै अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीहरूलाई सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन गर्न थप प्रेरणा मिलेको विश्वास व्यक्त गरेका थिए ।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न