
जन आवाज न्युज/भरतपुर, पौष २८ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बागमती प्रदेशको भरतपुर र रत्ननगरमा वृहत रुपमा “विश्वव्यापी वातावरण सरसफाइ अभियान” सम्पन्न गरेको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाको प्रमुख रेणु दाहालले “भरतपुर मध्ये नेपालकै सुन्दर, विकसित, सुसंस्कृत सहरको रूपमा विकास भैरहेको र यो राजधानी प्रवेश गर्ने मुख्य नाका भएकोले यसलाई महानगरले फराकिलो सडकमा स्तरोन्नती गरेर सौन्दर्यकरण गरेको बताउनुभयो । तथापि भरतपुर महानगरपालिकामा आधा क्षेत्र र रत्ननगर नगरपालिकामा आधा क्षेत्र पर्ने टिकौली जंगल खण्ड उपेक्षित झैँ बनेको बताउनुभयो । त्यसमा पनि यो क्षेत्रमा दुवै नगरपालिका गरेर ४ वटा वडा पर्ने र सामुदायिक वन समिति पनि ४ वटा पर्ने भएकोले यो क्षेत्र सबैले वेवास्त गरेको लावारिस जस्तै बनेको थियो ।” कसैले गर्न नसकेको र गर्न ध्यान नपुर्याएको परमेश्वरको मण्डलीले सबैसँग समन्वय गर्नुभएर सरसफाई गरिदिनुभएकोमा परमेश्वरको मण्डली र स्वयंसेवकहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।


वातावरण संरक्षण गर्ने कार्यमा अग्रसर बन्दै आफू बस्ने टोलबाटै सुरु गरेर समाज, देश र विश्वभरिको वातावरण सफा राख्ने उद्देश्यले गरिएको यो एक सामाजिक योगदान गतिविधि हो, जुन विश्वको ठाउँ-ठाउँमा आयोजना हुँदैआएको छ ।

उक्त सरसफाइ कार्यक्रम बिहान ९ बजे सुरु भएर लगभग दुई घण्टा तीस मिनेटसम्म जारी रहेको थियो भने, परमेश्वरको मण्डलीका विश्वासीहरू, उनीहरूका परिवारहरू र छिमेकीहरू गरी लगभग ४०० जना खुसी र उत्साहका साथ स्वयं सेवकको रुपमा सहभागी भएका थिए । स्वयंसेवकहरूले भरतपुरदेखि रत्ननगरसम्मको महेन्द्र राजमार्गको लगभग ४ किलोमिटर (दयाँ बायाँ गरेर करिब ८ किलोमिटर) सडक खण्डमा फालिएका फोहोरहरू करिब २ ट्रयाक्टर (२ हजार किलो) सङ्कलन गरेका थिए ।

“छिमेकीहरूका लागि दिगो भविष्य र स्वस्थ जिउने वातावरण सृजना गर्न सन्तहरू आमाको मनद्वारा एकजुट भएका छौं, हामी आशा गर्छौं कि हाम्रो प्रयास स्थानीय समुदायलाई अझ सुन्दर बनाउने र हाम्रा छिमेकीहरूमा आशा फैलाउने अवसर बन्नेछ,” परमेश्वरको मण्डलीका एक अधिकारीले भन्नुभयो ।

परमेश्वरको मण्डलीको सरसफाइ गतिविधिप्रति खुशी व्यक्त गर्दै भरतपुर नगरपालिकाले फोहोर संकलनमा सहयोग गरेको थियो ।

परमेश्वरको मण्डलीका विश्वासीहरूले विश्वका ठाउँ-ठाउँमा अनवरत रूपमा निःस्वार्थ स्वयंसेवा गर्दैआएको छ । नेपालमा पनि वातावरण सरसफाइ, छिमेकीलाई सहयोग, रक्तदान अभियान तथा आपतकालीन राहत जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू गत डिसेम्बरसम्ममा ५९,७३२ जनाद्वारा ९८९ पटक गरिएको छ । सो कार्यको कदरस्वरूप बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय, बूढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न क्षेत्रबाट प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गरिएको छ ।

मण्डलीले काठमाडौंको कीर्तिपुर, कोशी प्रदेशको सुन्दरहरेँचा, लुम्बिनी प्रदेशको नेपालगञ्ज, कर्णाली प्रदेशको वीरेन्द्रनगर जस्ता विभिन्न ठाउँहरूमा वातावरण सरसफाइ गरेको छ । यसका साथै स्थानीय समुदायमा रगतको अभाव समाधान गर्न रक्तदान कार्यक्रमहरू पनि मण्डलीले सक्रिय रूपमा गर्दैआएको छ । मण्डलीद्वारा आयोजना गरिने ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान अभियान’ १ सय प्रतिशत स्वैच्छिक, अवैतनिक रक्तदान हो र यसले रगत स्थिरतामा योगदान पुऱ्याएको मूल्याङ्कन गरिएको छ, साथै रगतको अभावका कारण जीवन जोखिममा परेका छिमेकीहरूको जीवन बचाउनमा प्रमुख भूमिका खेलिरहेको छ । परमेश्वरको मण्डलीले नेपालमा ४४ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ ।

२,००० वर्षअघिको सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार चाडलाई मौलिक रूपमा पुनर्स्थापित गरेर मान्ने परमेश्वरको मण्डलीको सुरुवात सन् १९६४मा कोरियामा भएको थियो । विश्वका १७५ वटा देशका ७,८०० वटा क्षेत्रका ४० लाख विश्वासीहरूले बाइबलमा आधारित ‘पिता परमेश्वर’ र ‘माता परमेश्वर’मा विश्वास गर्दछ । मण्डलीले स्थानीय समुदाय र देशहरूमा ‘ज्योति र नून’को भूमिका निर्वाह गर्दै सरसफाइ गतिविधिका साथै रक्तदान, छिमेकीहरूलाई सहयोग र प्रकोप राहत जस्ता सामाजिक योगदानका गतिविधिहरू ४४,००० पटकभन्दा बढी सञ्चालन गरिसकेको छ । यस किसिमको समर्पित प्रयासका लागि, मण्डलीले तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभा सम्मान पदक र देशको सर्वोच्च वातावरणीय अवार्ड र ब्राजिलियन विधायिकी पदकसहित ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।




-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351463










