इडेन गार्डेनमा वार्षिक खेलकुद उत्सव-२०८२ सम्पन्न | Jana Aawaj News

इडेन गार्डेनमा वार्षिक खेलकुद उत्सव-२०८२ सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
इडेन गार्डेनमा वार्षिक खेलकुद उत्सव-२०८२ सम्पन्न : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिका-३, बालकोटमा अवस्थित इडेन गार्डेन इङ्लिस स्कुलमा यस वर्षको “इडेन वार्षिक खेलकुद उत्सव २०८२” शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। पौष २० गते सुरु भएको उक्त खेलकुद उत्सव चार दिनसम्म सञ्चालन भई पौष २३ गते औपचारिक रूपमा समापन गरिएको हो।

विद्यालयका सह-प्रिन्सिपल अनिश राईका अनुसार खेलकुद उत्सव विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गतको एक महत्वपूर्ण कार्यक्रम हो। विभिन्न तहका विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई लक्षित गरी उक्त उत्सव चार दिनसम्म सञ्चालन गरिएको उहाँले बताउनुभयो।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई आत्मसात गर्दै विद्यालयले हरेक वर्ष विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने र उनीहरूभित्र रहेका प्रतिभाहरू उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको विद्यालयको अतिरिक्त क्रियाकलाप तथा खेलकुद संयोजक सुविन्द्र राईले जानकारी दिनुभयो।

चार दिनसम्म सञ्चालन भएको खेलकुद उत्सवमा प्रि–नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई समेट्ने कोसिस गर्दै विद्यालयले विभिन्न खेलहरु खेलाएका थिए । उत्सव अन्तर्गत व्यक्तिगत तथा अन्तर-सदन प्रतियोगिताहरू सञ्चालन गरिएका थिए। प्रतियोगितामा “रेड हाउस” ले सबैभन्दा धेरै स्वर्ण, रजत तथा कास्य पदक जित्दै वर्षको “उत्कृष्ट सदन” घोषित भएको थियो ।

समापन समारोह तथा मेडल वितरण कार्यक्रममा बोल्दै सह-प्रिन्सिपल राईले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रष्फुटन हुनुका साथै खेलकुदप्रतिको रुचि र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सो अवसरमा उहाँले विजेता विद्यार्थीहरूलाई मेडल वितरण गर्दै बधाई व्यक्त गर्नुभएको थियो।

खेलकुद उत्सवलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ।

+ posts
ताजा
1 सुनपाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता २०८२ सम्पन्न
2 बुढानीलकण्ठ सडक खाना महोत्सव प्रमाण पत्र वितरण
3 एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत
4 ASEZ WAO टोखाद्धारा हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न