शिक्षासेवी जी. बी. खड्काको ‘हृदयका तरङ्ग’ प्रकाशित | Jana Aawaj News

शिक्षासेवी जी. बी. खड्काको ‘हृदयका तरङ्ग’ प्रकाशित

पढ्न लाग्ने समयः < 1 मिनेट
शिक्षासेवी जी. बी. खड्काको ‘हृदयका तरङ्ग’ प्रकाशित : Jana Aawaj News

भक्तपुर । शिक्षासेवी तथा साहित्यकार जी. बी. खड्का (अनाम) को दोस्रो कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशित भएको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आउनु भएका खड्काको यस कृतिले उहाँको साहित्यिक यात्रालाई निरन्तरता दिदै सामाजिक अनुभूति र मानवीय भावनालाई कवितामार्फत अभिव्यक्त गरेको छ।

यसअघि वि.सं. २०६७ मा प्रकाशित संयुक्त कविता सङ्ग्रह ‘हृदयका प्रतिविम्ब’ प्रकाशित भएको थियो । हृदयका तरङ्ग’ उहाँको व्यक्तिगत अनुभूति, समाजप्रतिको दृष्टिकोण, जीवनका उतार–चढाव तथा समयसमयको यथार्थलाई समेट्ने कविताहरूको सङ्ग्रह रुपमा चिनाइएको छ । कृतिमा प्रेम, पीडा, आशा, संघर्ष, सामाजिक न्याय र मानवीय मूल्यका विषयहरूलाई सरल एवं सहज भाषामा प्रस्तुत गरिएको छ।

वि.सं. २०३१ जेठ १२ गते भक्तपुरको साविक चित्तपोल–८ मा जन्मिएका खड्का हाल सूर्यविनायक नगरपालिका -१० खड्कागाउँमा बसोबास गर्दै आउनु भएको छ। बी.एड. र समाजशास्त्रमा एम.ए. गरेका खड्का चाँगुनारायण नगरपालिका–६ मा रहेको क्वालिटी इङ्लिस सेकेन्डरी स्कूलका संस्थापक तथा प्रिन्सिपल हुन्। उहाँले शिक्षालाई सेवाको रूपमा अघि बढाउँदै विद्यार्थी, अभिभावक र समाजसँग निरन्तर जोडिँदै आफूलाई समर्पित गर्दै आउनु भएको छ ।

शिक्षा क्षेत्रसँगै उहाँ विभिन्न सामाजिक तथा नागरिक संस्थामा समेत सक्रिय छन्। हाल उहाँ राष्ट्रिय निजी तथा आवासीय विद्यालय नेपाल (नेशनल प्याब्सन) का केन्द्रीय उपमहासचिव, एडिफाई प्राइभेट स्कूल्स अर्गनाइजेसन नेपाल (इप्सन) भक्तपुरका अध्यक्ष, एमनेस्टी इन्टरनेशनल नेपालअन्तर्गत समूह ५६ का संयोजक तथा नेशनल प्याब्सन भक्तपुरका पूर्व अध्यक्ष तथा हाल सल्लाहकार समेत रहनु भएको छ । खड्काको कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशनसँगै साहित्यिक क्षेत्रमा सिर्जनात्मक पहिचान अझ दरिलो भएको साहित्यकर्मी एवं पाठकहरुको भनाइ छ।

+ posts
ताजा
1 सुनपाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता २०८२ सम्पन्न
2 बुढानीलकण्ठ सडक खाना महोत्सव प्रमाण पत्र वितरण
3 एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत
4 ASEZ WAO टोखाद्धारा हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न