सुनको मूल्य हालसम्मकै उच्च, एकै दिनमा २० हजार पाँच सय रुपैयाँले बढ्यो | Jana Aawaj News

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिनमा २० हजार पाँच सय रुपैयाँले बढ्यो

पढ्न लाग्ने समयः < 1 मिनेट
सुनको मूल्य हालसम्मकै उच्च, एकै दिनमा २० हजार पाँच सय रुपैयाँले बढ्यो : Jana Aawaj News

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले हालसम्मै नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

+ posts