ASEZ र ASEZ WAO द्वारा गोदावरीकाे जेष्ठ नागरिक दिवा केन्द्रमा स्वयं सेवा कार्यक्रम सम्पन्न | Jana Aawaj News

ASEZ र ASEZ WAO द्वारा गोदावरीकाे जेष्ठ नागरिक दिवा केन्द्रमा स्वयं सेवा कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
ASEZ र ASEZ WAO द्वारा गोदावरीकाे जेष्ठ नागरिक दिवा केन्द्रमा स्वयं सेवा कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज गोदावरीका ASEZ र ASEZ WAO  द्वारा गोदावरी वडा नं. १४ बाँडेगाउँ स्थित जेष्ठ नागरिक दिवा केन्द्रमा जेष्ठ नागरिक सेवा कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमका संयोजक तथा आयोजक शम्भु श्रेष्ठले परमेश्वरको मण्डलीको परिचय दिनुहुँदै परमेश्वरको मण्डली विश्वमा १७५ वटा देशहरूको ७ हजार ८०० शहरमा फैलिएको अनि यी सबै ठाउँहरूमा ASEZ र ASEZ WAO का स्वयंसेवक समूहहरूले विश्वभरि नै अनवरत रूपमा स्वयंसेवा गर्दै आउनुभएको कुरा बताउनुभयो साथै नेपालको विभिन्न ठाउँहरूमा यस्ता स्वयंसेवा गतिविधिहरू निरन्तर गर्दै आएको र आगामी दिनहरूमा पनि गरिँदै जाने कुरा जानकारी दिनुभयो।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १४ का  वडाअध्यक्ष  निरोज बज्राचार्यले  ASEZ WAO ले गर्नुभएका यी स्वयंसेवा कार्यहरू अति नै सराहनीय रहेको कुरा जानकारी दिनुभयो र ASEZ WAO संस्थालाई जहिले पनि समर्थन र सहयोग आफ्नो तर्फबाट र वडाको तर्फबाट निरन्तर रहने कुरा समेत बताउनुभयो।

जेष्ठ नागरिक दिवा केन्द्रका अध्यक्ष जोगबहादुर महर्जनले पनि ASEZ WAO लाई धन्यवाद ज्ञापन गर्नुहुँदै  ASEZ WAO का यस्ता गतिविधिहरू साह्रै उत्कृष्ट छ भन्नुहुँदै ASEZ WAO लाई प्रशंसापत्र समेत हस्तान्तरण गर्नुभयो। साथै कार्यत्रफममा ढल व्यवस्थापन समितिका अध्यक्ष रोमलाल महर्जनले  ASEZ WAO लाई प्रशंसा पत्र हस्तान्तरण गर्नुभएकाृ थियाे ।

 

 

+ posts

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x