
जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले हिमालय वृद्धाश्रम केन्द्रको भ्रमण तथा दैनिक उपभोग्ग सामाग्री हस्तान्तरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा टोखा शाखाले दैनिक उपभोग्य सामग्रीहरुमा बाल्ट्रा डिस्पेन्सर २ वटा, पानीको जार र डिस्पेन्सर २ र २ वटा, चामल ४ बोरा, वाइवाइ चाउचाउ ४ कार्टुन, दाल रातो र कालो ५ र ५ केजी, आँटा १० केजि, तोरीको तेल १ कार्टुन, सरसफाई सामाग्री, साबुन र सरफ गरी करिब ३० हजार बराबरको दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेको हो ।
उक्त कार्यक्रममा सहभागी वृद्धा आश्रमका अध्यक्ष सरला पन्थी, उपाध्यक्ष बिन्दा पौडेल,कोषाध्यक्ष शोभा सापकोटा साथै करिब ६५ जना वृद्धवृद्धाहरू ASEZWAO का ६० जना सदस्यहरू सहभागी भएका थिए।
उक्त कार्यक्रम एकल जेष्ठ नागरिकहरूलाई विभिन्न चिन्ता, पिडा र कठिनाइहरूलाई थोरै भएतापनि मुक्त गराउन, मनोरञ्जनका कार्यक्रम तयार गरिएका थिए।
गीत, नृत्य र आमासम्बन्धी लेखहरू प्रस्तुतिद्वारा वृद्ध बुबा आमाहरु एकदमै हर्षित हुने समय भएको थियो। कार्यक्रम सन्चालकहरुले ASEZ WAO परिचय दिदै, कार्यक्रमका अध्यक्षले कार्यक्रम गर्नुको मुख्य उद्देश्य नै नैरास्यता छाएको संसारमा, प्रेम सेलाउदै गएको संसारमा आशा प्रदान गर्न र न्यानो प्रेम बाड्न वृद्द बुवाआमालाई अझ स्वस्थ हुनु , खुशी हुनु भन्ने त्यो मनद्वारा प्रेम बाड्नको निम्ति, ASEZWAO का युवाहरू लागिपरेको कुरा कार्यक्रमका सभाअध्यक्षले जानकारी गराउनुभएकाे थियाे ।
कार्यक्रममा वृद्ध वृद्ध बुवाआमाहरूको नङ काटिदिने,कपाल काटिदिने, तेल लगाइदिने, दाह्री काटिदिने र वृद्धाश्रम सरसफाई गतिविधि भएकाे थियाे । यस्तो गतिविधिले वरिपरिका छिमेकीहरू पनि निकै प्रभावित भएका थिए।
ASEZ WAO बिषयमा छोटकरीमा जानकारी गराउनुपर्दा, ASEZ WAO चाहिँ ASEZ को अर्थ Save the Earth from A to Z र WAO को अर्थ We Are One Family हो। समग्रमा भन्नुपर्दा हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं।
यो एउटा नाउँको अर्थ मात्र नभएर, नारा मात्र नभएर हाल १७५ वटा देशहरूमा ७,५०० क्षेत्रहरूमा सक्रिय भएर स्वयंसेवा गतिविधि कार्यहरू भइरहेको छ।
कार्यक्रमका सभाअध्यक्षले वृद्धाश्रममा आजको यो कार्यक्रम गर्नुको उद्देश्य बुँदागत रूपमा जानकारी गराउनुभएकाे थियाे । ASEZ WAO स्थापनाको अवधारणाहरूमध्ये
प्रेम दिने:
“आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु” भन्नुभएका परमेश्वरको शिक्षा अनुसार ASEZWAO ले सम्पूर्ण मानव जातिलाई प्रेम दिने कार्य गर्दछ।
सम्पूर्ण मानव जातिको एउटै परिवार:
सम्पूर्ण मानवजाति एउटै परिवार भन्ने धारणाका साथ ASEZWAO ले विश्वव्यापी गाउँमा रहेका छिमेकीहरूको समस्या समाधान गर्न सह हृदयले स्वयंसेवाका गतिविधिहरु सञ्चालन गरिरहेको छ।
आमाको मन:
जीवन र प्रेमको स्रोत हुनुभएकी आमाको मनद्वारा सम्पूर्ण मानवजाति र पृथ्वीको निम्ति प्रेम बाड्दै ASEZWAO ले सबैजना खुसी हुने र कोही पनि एक्लो नहुने संसार निर्माण गर्ने कुरा जानकारी गराउदै
ASEZ WAO दुईवटा अभियानलाई अगाडि सार्ने विषयमा जानकारी दिएका थिए।
१)पृथ्वीको निम्ति अभियान
२) मानवताको निम्ति अभियान
पृथ्वीको निम्ति गरिने अभियानभित्र पृथ्वीलाई कसरी संरक्षण गर्न सकिन्छ? वातावरण कसरी जोगाउन सकिन्छ ? कार्बन न्यूनीकरण कसरी गर्न सकिन्छ ?
प्लास्टिक न्यूनीकरण गर्न सकिन्छ ? स्थलीय पारिस्थितिक प्रणाली संरक्षण, समुद्री पारिस्थितिक प्रणाली संरक्षण, नदी सरसफाई समुद्री तट सरसफाई पानी प्रदुषणमा सुधार यस्ता गतिविधि गर्दै आएका छन् भने मानवताको निम्ति गरिने अभियानभित्र शैक्षिक सहयोग,कल्याण प्रवर्द्धन,आपत्कालीन राहत,सांस्कृतिक आदानप्रदान गर्ने कुराहरु पर्दछन्।
यी विभिन्न अभियानहरू मध्य,आज मानव कल्याणको निम्ति गरिने अभियानभित्र एकल वृद्ध वृद्धा बुबा र आमाहरूलाई सान्त्वना, हौसला र खुशी दिलाउने मन साथै दैनिक उपभोग्य खाद्यान्नहरू सहयोग तथा सरसफाई गतिविधीद्वारा निस्वार्थ प्रेम बाँड्ने कार्य गरेको छ।
जागिरे युवाहरूले, आफ्नो व्यस्त समयमा पनि वृद्ध बुवाआमाको निम्ति भनेर कार्यक्रम तयारी गर्दै, दैनिक उपभोग्य सामग्रीहरूको निम्ति परिश्रमका साथ तयार गर्नुभएको कुराले आमाजस्तै निश्वार्थ प्रेम झल्किएको थियो।
वृद्धाश्रमका अध्यक्ष पन्थीले ,” यस्तो कार्यक्रम देखेर एकदमै छक्क पर्दै , वृद्धाश्रम सञ्चालन गरेर धेरै समय भएतापनि यस्तो गतिविधि चाहिँ कहिले भएको थिएन। ASEZ WAO को यो कार्य प्रशंसनीय छ। हाम्रो यस्तो ठाउँमा आउनु भएर, बुबा आमाको लेखहरु सुन्दा यति प्रभावित भयौं कि हामीले वृद्दा आश्रम भित्र बुबा आमालाई हामीहरु धेरै सोच्न बाध्य भयौँ। बुबा आमा सम्बन्धि गीत साथै नृत्य साच्चै हृदय स्पर्शी थियो। वृद्ध बुवाआमा नाचेको देख्दा साँच्चै हामी एकदमै खुसी भयौँ।यसरी सहयोग गरिदिनुभएकोमा हामी हिमालय वृद्धाश्रम केन्द्र ASEZ WAO प्रति आभारी छौं।
आगामी समयमा यसरी नै साथ दिनुहुनेछ भन्ने आशा गर्दछौँ। ” बताउनुभयाे । यो कार्यक्रम कदर स्वरुप हिमालयन वृद्धाश्रम केन्द्रका अध्यक्ष पन्थीबाट प्रशंसापत्र पनि तयार गरिदिनुभएर ASEZ WAO लाई हस्तान्तरण गर्नुभएकाे थियाे ।
उक्त वृद्धाश्रममा आबद्ध सबै वृद्ध वृद्धा बुवाआमाहरू, एकछिनको पीडा, दु:खलाई बिर्सेर सबैजना एकदमै रमाए, खुसी भए, परिवारको सम्झना गर्दै आँसु बगाउँदै सहयोगी हातहरुप्रति धेरै कृतज्ञता व्यक्त गर्नुभयो। एक्लो संसारमा साथ दिन आउनेहरू, हामीहरुलाई हजुरहरु चाहिन्छ भन्दै पुन: भ्रमण गर्न आग्रह गर्नुभएकाे ।

ASEZ WAO भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको स्वयंसेवक समूह हो । ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं (Save the Earth from A to Z, We Are One Family) भन्ने अर्थ रहेको छ ।
ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।






































-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news







Total views : 315644



