एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत | Jana Aawaj News

एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत

पढ्न लाग्ने समयः 2 मिनेट
एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । नेकपा एमालेमा फर्किने पूर्व नेकपा समाजवादीका नेताहरुलाई बिहिबार भक्तपुरमा आयोजित कार्यक्रममा खादा ओढाएर पार्टीमा स्वागत गरिएको छ ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा पूर्व नेकपा समाजवादी प्रदेश कमिटी सदस्य कृष्णसुन्दर घोको नेतृत्वमा आएको टोलीलाई एमालेका केन्द्रीय सचिव महेश बस्नेतले खादा ओढाएर पार्टीमा स्वागत गर्नु भएको हो ।

त्यसैगरि जिल्ला सचिवालय सदस्य एवं स्कुल विभाग प्रमुख नविनप्रकाश श्रेष्ठ, जिल्ला कमिटी सदस्य झपड भण्डारी, जिल्ला कमिछटी सदस्य कृष्णभक्त पाँ श्रेष्ठ, मध्यपुरथिमि नगर कमिटी सचिव द्रव्यलाल जयना, मध्यपुरथिमि वडा नं. ५ अध्यक्ष दिलसुन्दर नानी श्रेष्ठ, सुरेशबहादुर श्रेष्ठ, रविन्द्र सुवाललगायतका नेता कार्यकर्ताहरु एमालेमा फर्किएका हुन् । एमाले फर्किएकाहरुलाई एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापा लगायतले खादा लगाएर स्वागत गर्नु भएको हो ।

कार्यक्रममा एमालेको केन्द्रीय महाधिवेशनमा निर्वाचित हुनेहरुलाई एमालेका जिल्लाका चार नगर कमिटीहरुले संयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा केन्दीय सचिव महेश बस्नेत, केन्द्रीय सदस्यहरु सकुन्तला श्रेष्ठ, लेखा आयोगका गोविन्द दुलाल, विणा वास्तोला लगायतलाई जिल्ला अध्यक्ष बचन देउजा, चार नगरपालिकका नगर अध्यक्षहरुले सयुक्त रुपमा सम्मान गर्नुभयो ।

कार्यक्रममा एमाले सचिव बस्नेतले आगामी फागुन २१ को निर्वाचनमा एमालेले बहुमत ल्याएर देशमा सरकार गठन गर्ने बताउदै पार्टी अध्यक्ष ओलीलाई झापाबाट अत्याधिक मतले विजयी गराउन आफू झापा जाने बताउनुभयो । उहाँले एमाले माथि चारैतिरबाट प्रहार भइरहेको बताउदै रास्वपाले झूटो प्रचार गर्दा त्यसको जवाफ दिन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमाले सचिव बस्नेतले भन्नुभयो, “सामाजिक सञ्जालबाट एमालेमाथि गलत प्रचार गरेर प्रहार भइरहेको छ, त्यसको जवाफ दिनुहोस्, हेरेर बस्न एमाले कार्यकर्तालाई सुहाउदैन ।”

रास्वपाबाट उम्मेदवार भएका पर्यटक उम्मेदवारलाई एमालेले भक्तपुरमा ल्याएको विकासको लहरलाई देखाएर पठाउन आग्रह गर्दै उहाँले चुनाव पछि फर्केर भक्तपुर नआउने उम्मेदवारलाई मतदाताले विकास देखाएरै फर्काउने बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजाले एमाले भक्तपुर जिल्लामा मात्रै नभई देशभर पहिलो पार्टी हुने दाबी गर्दै एमालेलाई अध्याधिक मतले विजयी गराउने गरि काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा जिल्लाका चारवटै पालिकाका सहभागि एमाले नेता तथा कार्यकर्ताहरुको भव्य सहभागिता रहेको जानकारी दिदै पार्टीका भक्तपुर जिल्ला कमिटी सचिव विष्णु तामाङ्गले आगामी शनिवार निर्वाचन परिचालन कमिटी गठन गर्ने बताउनुभयो ।

+ posts
ताजा
1 एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत
2 ASEZ WAO टोखाद्धारा हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
3 ASEZ र ASEZ WAO द्वारा गोदावरीकाे जेष्ठ नागरिक दिवा केन्द्रमा स्वयं सेवा कार्यक्रम सम्पन्न
4 सुनको मूल्य हालसम्मकै उच्च, एकै दिनमा २० हजार पाँच सय रुपैयाँले बढ्यो
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न