
जन आवाज न्युज/भक्तपुर, माघ २६ गते । आजबाट भक्तपुरमा एचपीभी खोप सञ्चालन हुने भएको छ ।
जिल्लाका चार वटै नगरपालिकाहरुमा लक्षित समूहका किशोरीहरुलाई स्कुलस्कुलमा पुगेर खोप दिइने भएको हो ।स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आइतबार जिल्लाका पत्रकारहरुसँंग अन्तरक्रिया गरी जिल्लाका चारवटा नगरपालिकामा कक्षा ६ का विद्यार्थी तथा विभिन्न उमेर समूहका लक्षित किशोरी-किशोरहरूको तथ्यांक सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्यांकअनुसार जिल्लाभर कक्षा ६ मा अध्ययनरत विद्यार्थीको संख्या ३ हजार ८४९ पुगेको स्वास्थ्य कार्यालयले बताएको छ ।

ती सबै किशोरीहरुलाई स्कुलस्कुलमा स्वास्थ्यकर्मी पुगेर खोप दिइने कार्यालयका प्रमुख अन्जना खड्काले जानकारी दिनुभयो । उहाँले विगत वर्षदेखि सुरु भएको खोप अभियान यो वर्ष दोश्रो भएको र अर्काे वर्षदेखि छुटेकालाई नदिइने भएकाले सम्पूर्ण किशोरीहरुलाई अनिवार्य खोप लगाउन अनुरोध गर्नुभएको छ ।


यसैगरी भक्तपुर नगरपालिकामा कक्षा ६ मा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा बढी १ हजार ५१५ रहेको छ । यद्यपि, यहाँ लक्षित १० वर्ष उमेर समूह, कक्षा ७-१० छाडेका तथा ११-१४ वर्ष उमेर समूहका किशोरी-किशोरको संख्या शून्य रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै चाँगुनारायण नगरपालिकामा कक्षा ६ का विद्यार्थी ५२९ जना रहेका छन् भने १० वर्ष उमेर समूहका किशोरी-किशोर ६६ जना छन् । कक्षा ७-१० छाडेका तथा ११-१४ वर्ष उमेर समूहका किशोरी-किशोरको संख्या यहाँ पनि शून्य देखिएको छ । जिल्लामा समग्र हेर्दा १० वर्ष उमेर समूहका किशोरी-किशोरको संख्या १६३ पुगेको छ । कक्षा ७-१० छाडेका विद्यार्थी ३० जना र ११-१४ वर्ष उमेर समूहका किशोरी-किशोर २० जना रहेको तथ्यांकले देखाएको छ । शिक्षा तथा बालबालिका लक्षित कार्यक्रमहरू प्रभावकारी बनाउन यस्ता तथ्यांक उपयोगी हुने सरोकारवालाहरूले बताएका छन् ।
यो वर्ष आजदेखि फागुन १ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान थाल्ने जानकारी दिइएको थियो । यस क्रममा छुटेका छात्राहरुलाई फागुन ४ र ५ गते खोप दिइने जनाइएको छ । त्यसको लागि ती २ दिन स्वास्थ्य संस्थाहरु (चौकी) माफर्त् खोप दिइने योजना राखिएको समेत जानकारी गराइएको छ ।
भिडियो तलको लिन्क मार्फत हेर्नुहोला :
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news






Total views : 318740



