गुठी जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता | Jana Aawaj News

Bhaktapur Hospital

गुठी जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता

पढ्न लाग्ने समयः < 1 मिनेट
गुठी जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, माघ २७ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा.कुमार इङ्नामले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनामा गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको टोलीले मंगलबार शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी लिनुहुने मा. मन्त्री इङ्नामसँगको भेटमा आवास योजनाको हालसम्मको भौतिक विकास तथा जग्गा प्रशासनसम्बन्धी प्रगतिबारे जानकारी गराउनुभयो ।

त्यस क्रममा नगर प्रमुख प्रजापतिले आयोजनाको भौतिक पूर्वाधारअन्तर्गत सडक, ढल निकास, टेवा पर्खालको कार्य अनितम चरणमा रहेको र जग्गा प्रशासनतर्फ आयोजना क्षेत्रको सम्पूर्ण स्वीकृत नापी नक्सा तथा श्रेष्ताअनुसार हाल कायम भएको २४४४ कित्ता जग्गामध्ये १२८३ कित्ता जग्गा अर्थात ५२। ५० प्रतिशत विकसित घडेरी फिर्ता समेत भइसकेको अवगत गराउनुभयो ।

नगरपालिकाद्वारा सञ्चालित उक्त आयोजनाको १६५३ रोपनी जग्गामध्ये ६८ रोपनी जग्गा गुठी अधिनष्ठ रहेको र उक्त जग्गामा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा १०.१.१ अनुसार तथा आयोजना व्यवस्थापन उपसमितिको निर्णयअनुसार योगदान प्रतिशत कट्टी गरेकोमा गुठी संस्थानबाट उक्त निर्णय कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले स्थानीय तहबाट सञ्चालित आयोजना यथाशक्य चाँडो सम्पन्न गर्न मन्त्रालयको तर्फबाट आवश्यक निर्णय गर्नको निम्ति अनुरोध गर्नुभयो ।

सोही क्रममा मन्त्री इङ्नामले राज्यबाट सञ्चालित विकास आयोजनाहरूमा गुठी जग्गा समस्या रहेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै यस विषयमा सरोकारवालाहरूसँग पटक पटक छलफल गरिरहेको बताउनुभयो । उहाँले छिटै नै यो समस्या समाधानको निम्ति ठोस् निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरपालिकाले गुठी जग्गाको समस्या समाधान गर्न गुठी संस्थान केन्द्रीय कार्यालयमा पटक पटक अनुरोध गर्दा पनि समाधान नभएपछि मन्त्रालयसमक्ष अनुरोध गरिएको हो । २०७२ सालमै योजना स्वीकृत भइ सञ्चालन भइरहेको देको मिवा इतापाके आवास योजनामा गुठी संस्थानले अनाहकमा जनतालाई दुःख दिइरहेको पनि प्रमुख प्रजापतिले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x