ASEZ द्धारा गोकर्णेश्वरमा ‘जिरो प्लास्टिक २०४०’ वातावरण गोष्ठी सम्पन्न | Jana Aawaj News

ASEZ द्धारा गोकर्णेश्वरमा ‘जिरो प्लास्टिक २०४०’ वातावरण गोष्ठी सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
ASEZ द्धारा गोकर्णेश्वरमा ‘जिरो प्लास्टिक २०४०’ वातावरण गोष्ठी सम्पन्न : Jana Aawaj News
जन आवाज न्युज/काठमाडाैं। परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ ले “पृथ्वीलाई बचाउनको निम्ति ‘जिरो प्लास्टिक २०४०’ मिलेर अभ्यास गरौं !” भन्ने मूल नाराका साथ
को जया बहुमुखी क्याम्पसमा वातावरण गोष्ठी सम्पन्न भएकाे छ ।

अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ (आसेज) ले समुदायमा प्लास्टिक प्रदूषण अन्त्य गर्ने समाधानका उपायहरू प्रस्तुत गर्न साेमबार काठमाडौँको गोकर्णेश्वरस्थित जया बहुमुखी क्याम्पसमा ‘जिरो प्लास्टिक २०४०’ सेमिनारको आयोजना गरेकाे थियाे। ASEZ (आसेज) भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह हो ।
आसेजले विश्वव्यापी वातावरणीय समस्या प्लास्टिकविरुद्ध जनचेतना जगाउन कोरियामा मात्र नभएर संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, भारत लगायत विभिन्न देशहरूमा ‘जिरो प्लास्टिक २०४० अभियान’ आयोजना गरिरहेको छ । आसेजले फोरम, सेमिनारका साथै सरसफाइ गतिविधि र सडक अभियान जस्ता जनचेतनामूलक गतिविधिहरू पनि आयोजना गर्दछ । अन्तर्राष्ट्रिय समुदायको विश्वास छ कि यदि विश्वले प्लास्टिकको फोहोर घटाउन उल्लेखनीय प्रयास गरेमा सन् २०४० सम्ममा प्लास्टिकको वातावरणीय प्रदूषण लगभग उन्मूलन गर्न सकिन्छ ।
आसेजका एक जना अधिकारीले भने, “प्लास्टिकले उत्पादनदेखि प्रशोधन, उपभोग र निपटानसम्मको सम्पूर्ण प्रक्रियामा हरितगृह ग्यासहरू उत्सर्जन गर्छ । यसलाई यत्तिकै फालियो भने यसले माटो, खोला र समुद्रलाई प्रदूषित पार्छ । आधुनिक मानिसहरूले अनजानमा हरेक हप्ता क्रेडिट कार्डजत्तिकै प्लास्टिक खाइरहेका छन् । प्लास्टिक प्रदूषण न्यूनीकरण अभियानमा विश्वविद्यालय विद्यार्थीहरू एकजूट भएर लागिपरेका छन् । यो कार्यमा धेरै जना सहभागी हुनुहुनेछ भन्ने आशा गर्दछौं ।”

करिब डेढ घण्टासम्म चलेको ‘जिरो प्लास्टिक २०४०’ सेमिनारमा प्राज्ञिक व्यक्तित्वहरू, ASEZ सदस्यहरू र क्याम्पस विद्यार्थीहरू गरी करीब १३० जना सहभागी भएका थिए । आसेजका प्रस्तोताले प्लास्टिकका कारण उत्पन्न हुने समस्याहरू प्राकृतिक वातावरणमा मात्र सीमित नभएर मानिस लगायत सबै जीवित प्राणीहरूको स्वास्थ्यको लागि घातक रहेको र यसले जलवायु परिवर्तन निम्त्याउने हरितगृह ग्यासहरूलाई प्रभाव पार्ने कुरा प्रष्ट्याए । उनले विश्वभरि प्लास्टिक प्रदूषण अन्त्य गर्नका लागि कार्य गर्न आवश्यकता रहेको कुरामा जोड दिएका थिए ।

सेमिनारमा सहभागी भएका जया बहुमुखी क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेलले “प्लास्टिक प्रदूषणको कारणले दिनानुदिन बिग्रँदै गइरहेको वातावरण पुनर्स्थापन गर्नको निम्ति आसेजले चालेको यो कदम एकदमै सराहनिय छ। प्लास्टिक प्रदूषणको जिम्मेवार हामी आफै भएकोले परिवर्तन पनि हामी आफैले अहिले नै सुरु गरेमा भोलिका पुस्ताले राम्रो वातावरणमा जिउन पाउनेछन्।आगामी दिनमा हाम्रो क्याम्पस सक्रियतापूर्वक यो समूहसँग मिलेर प्लास्टिक प्रयोग न्यूनिकरण लगायत वातावरण संरक्षण गर्ने कार्यमा सँगै सहकार्य गर्नेछौं” भने । त्यसै गरी संकाय प्रमुख विष्णु पराजुलील”युवा भाइबहिनीहरूले यस्तो सकारात्मक कार्यको निम्ति गरेको अभियान एकदमै महान छ। यस सेमिनारद्वारा धेरै प्रेरणा पाएँ। यस्तो कार्यक्रम हाम्रो क्याम्पसमा आयोजना गरिदिनुभएकोमा आसेज परिवारलाई धन्यवाद” भन्दै आसेजका गतिविधिप्रति सक्रियतापूर्वक समर्थन जनाएका थिए ।

आसेजले विश्वका विभिन्न देशहरूमा अपराध रोकथाम, जलवायु परिवर्तन प्रतिकार्य, सामुदायिक सेवा र विपद् राहतका गतिविधिहरूको आयोजना गर्दछ । यस्ता गतिविधिहरूमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याएबापत् आसेजले मरुभूमिकरण विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCCD) महासचिव अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन एप्पल अवार्ड र ग्रीन वर्ल्ड अवार्ड, पेरु राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र जस्ता ५०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।
नेपालमा पनि आसेजले विभिन्न गतिविधिहरू सञ्चालन गर्दैआएको छ । आसेजले गत नोभेम्बर महिनामा काठमाडौँको बालाजुमा अवस्थित बाइसधारा पार्क क्षेत्रमा सरसफाइ गऱ्यो । जसद्वारा वातावरणसम्बन्धी जनचेतना जगाउने मात्र नभएर सामुदायिक भावना अभिवृद्धि गर्नमा पनि आसेजले पहल गऱ्यो । यसअघि आसेजले हर्न निषेध अभियान, शौचालय स्वच्छता सचेतना प्रवर्द्धन अभियान इत्यादि पनि आयोजना गरेको थियो । २०७२ सालमा भूकम्पले गर्दा भत्किएको सिन्धुपाल्चोकमा अवस्थित श्री आधारभूत विद्यालय र काभ्रेमा अवस्थित श्री भवानी माध्यमिक विद्यालयको भवन निर्माण गर्नमा पनि आसेज लागि परेकाे थियाे।
आसेज आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी क्षेत्रहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । गत वर्षसम्म, नेपालमा पनि वातावरण सरसफाइ, रक्तदान अभियान, छिमेकीलाई सहयोग, आपत्‌कालीन राहत लगायत ९८९ वटा विभिन्न स्वयंसेवाका गतिविधिहरूमा ५९,७३२ जना सहभागी भएका थिए । विश्वव्यापी रूपमा ४५,००० भन्दा बढी स्वयंसेवाका गतिविधिहरू गरिएका छन् । परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाबाट चार वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।
+ posts
ताजा
1 ASEZ द्धारा गोकर्णेश्वरमा ‘जिरो प्लास्टिक २०४०’ वातावरण गोष्ठी सम्पन्न
2 गुठी जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता
3 भक्तपुरको स्कुलस्कुलमा पुगेर किशोरीहरुलाई एचपीभी खोप आजबाट दिइने
4 ‘अरुलाई आरोप लगाएर ओखलढुंगाको अपमान गर्दैनौं, आफ्नै एजेण्डा र उम्मेदवारका कारण जित्छौं’ : एमाले ओखलढुङ्गा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न