
जन आवाज न्युज/भक्तपुर । ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२’ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई प्राप्त गरेको छ ।
‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरी बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले विद्यालयहरुमा स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्याएबापत स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२’ प्रदान गरेका हो।

प्रालिको दशौं वार्षिकोत्सबको अवसरमा शनिबार आयोजित गरेको अवार्ड वितरण कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री सुधा गौतम शर्माले बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको अवार्ड स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले ग्रहण गर्नुभएको हो ।
अवार्ड ग्रहण गर्दै स्वास्थ्य मन्त्री किरण थापाले मन्त्रालयले गरेको ‘एक विद्यालय एक नर्स’ अभियानको सही मूल्यांकन भएको बताउनुभयो । ‘अवार्डले विद्यालयस्तरमा स्वास्थ्य सेवा विस्तार गर्दै विद्यार्थीहरूको स्वास्थ्य सुधारमा थप टेवा दिन प्रेरणा मिलेको छ,’ उहाँले भन्नुभयो ।
त्यसैगरी, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले मन्त्रालयले सम्मान प्राप्त गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर सुधार र विद्यालयस्तरमा स्वास्थ्य पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहने बताउनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related




















Total views : 352447










