सनसाइन नेसनल स्कुलको वार्षिकोत्सव समारोह सम्पन्न | Jana Aawaj News

सनसाइन नेसनल स्कुलको वार्षिकोत्सव समारोह सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
सनसाइन नेसनल स्कुलको वार्षिकोत्सव समारोह सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सनसाइन नेसनल स्कुलले आफ्नो विद्यालयको वार्षिकोत्सव समारोह बिहीवार सम्पन्न गरेको छ ।

बिहिवार सिद्धपोखरी पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा भक्तपुर जिल्ला कार्यसमिति प्याब्सनका अध्यक्ष राजन कस्पालको प्रमुख आतिथ्य र भक्तपुर नगरपालिका, वडा नम्बर-१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा पूर्व प्राथमिक तह पूरा गरी कक्षा एकमा प्रवेश गरेका विद्यार्थीहरू दीक्षित भएका थिए, भने २०८२ मा एसईई दिएका विद्यार्थीहरूलाई खादा ओढाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा खेलकुद सप्ताह २०८२ का विभिन्न खेलमा विजेता नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई तहगत रूपमा प्रमाणपत्र, ट्रफी, मेडल आदिले पुरस्कृत गरिएको थियो । नर्सरीदेखि कक्षा ९ सम्मका भाइबहिनीहरूको छुट्टाछुट्टै बेजोड गायन तथा नृत्यले दर्शकहरू मन्त्रमुग्ध भएका थिए । आफ्नै आगाडि आफ्ना नानीबाबुहरूको प्रतिभा नियाल्न पाउँदा अभिभावकहरूले अपार आनन्दको अनुभूति गरेका थिए र आफ्ना नानीबाबुहरूलाई हौसला प्रदान गरेका थिए ।

 

+ posts