विद्या आर्जन इङ्ग्लिस स्कुलको दिक्षान्त समारोह सम्पन्न | Jana Aawaj News

विद्या आर्जन इङ्ग्लिस स्कुलको दिक्षान्त समारोह सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
विद्या आर्जन इङ्ग्लिस स्कुलको दिक्षान्त समारोह सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । भक्तपुरको आदर्श बस स्टप-५, मा रहेको विद्या आर्जन इङ्ग्लिस स्कुलले बिहिबार दिक्षान्त समारोह २०८२ सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो। बालबालिकाको सिकाइ यात्राको प्रारम्भिक चरण मानिने यस कार्यक्रमले सहभागीहरूमा उत्साह थपेको देखिएको थियो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले शिक्षासँगै सह-पाठ्यक्रम गतिविधिको महत्वबारे धारणा राख्दै “लर्निङ बाइ डुइङ” पद्धति प्रभावकारी हुने बताउदै विद्यालयले आधुनिक शिक्षण पद्धति, ग्रेड शिक्षण तथा गतिविधिमूलक सिकाइलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

यसैगरी प्रमुख अतिथिका रूपमा रहेका ISAN अध्यक्ष प्रेम जन थापाले विद्यालयको शैक्षिक तथा सामाजिक योगदानबारेमा बताउनुभयो। ISAN तालिम संयोजक कर्ण बहादुर प्रजापतिले विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न