बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले पायो स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२ | Jana Aawaj News

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले पायो स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२

पढ्न लाग्ने समयः 2 मिनेट
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले पायो स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२ : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२’ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई प्राप्त गरेको छ ।

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरी बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले विद्यालयहरुमा स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्‍याएबापत स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२’ प्रदान गरेका हो।

प्रालिको दशौं वार्षिकोत्सबको अवसरमा शनिबार आयोजित गरेको अवार्ड वितरण कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री सुधा गौतम शर्माले बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको अवार्ड स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले ग्रहण गर्नुभएको हो ।

अवार्ड ग्रहण गर्दै स्वास्थ्य मन्त्री किरण थापाले मन्त्रालयले गरेको ‘एक विद्यालय एक नर्स’ अभियानको सही मूल्यांकन भएको बताउनुभयो । ‘अवार्डले विद्यालयस्तरमा स्वास्थ्य सेवा विस्तार गर्दै विद्यार्थीहरूको स्वास्थ्य सुधारमा थप टेवा दिन प्रेरणा मिलेको छ,’ उहाँले भन्नुभयो ।

त्यसैगरी, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले मन्त्रालयले सम्मान प्राप्त गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर सुधार र विद्यालयस्तरमा स्वास्थ्य पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहने बताउनुभयो ।

+ posts

 

 

ताजा
1 दधिकोट सहरी खानेपानी समितिको प्रथम साधारण सभा सम्पन्न
2 सेवामा अवरोध नगर्न आग्रह
3 सूर्यविनायक १० मा १७ करोडको योजनाहरु सञ्चालनमा छन् : वडा अध्यक्ष राउत
4 भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न