
काठमाडौं। सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका विश्वविद्यालय र प्रतिष्ठानका प्रमुखहरूसँग महत्वपूर्ण छलफल गर्न लागेका छन् । बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भनिएको छ। प्रधानमन्त्री स्वयं विश्वविद्यालयहरूको कुलपति भएकाले यो छलफललाई उच्च शिक्षासम्बन्धी नीतिगत र व्यवस्थापकीय समस्यामा केन्द्रित महत्वपूर्ण बैठकका रूपमा लिइएको छ।
बैठकमा नेपालका ११ वटा विश्वविद्यालय र ७ वटा स्वास्थ्य तथा प्राविधिक प्रतिष्ठानका उपकुलपतिहरू सहभागी हुने भएका छन्। यसमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका प्रमुखहरू उपस्थित रहने छन्। त्यसैगरी नास्ट, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि छलफलमा सहभागी हुनेछन्। बैठकमा मुख्य रूपमा विश्वविद्यालयहरूमा देखिएका समस्या जस्तै प्रशासनिक ढिलासुस्ती, नीति कार्यान्वयनमा कमजोरी, शैक्षिक गुणस्तर सुधार, जनशक्ति व्यवस्थापन र तत्काल समाधान गर्न सकिने समस्याबारे छलफल हुने बताइएको छ। सरकारले उच्च शिक्षालाई प्रभावकारी, आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्ने आवश्यकता देखिएकाले यस्तो छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 345032












