
जन आवाज न्युज/भक्तपुर । ‘दिगो विकास व्यवस्थित शहर स्वच्छ समृद्धि सूर्यविनायक नगर’ भन्ने मूल नारामा साथ सूर्यविनायक नगरपालिकाको आयोजनामा जेष्ठ नागरिकसँग अन्तरपुस्ता पुस्तान्तरण सम्वाद तथा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं.१० चित्तपोलको वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा सूर्यविनायक नगरपालिका समावेशी शाखाका प्रशिक्षक कन्चन रावत, सहभागी जनप्रतिनीधी वडा अध्यक्ष शिवराम राउत, वडा सदस्य तारा बहादुर विष्ट, बिदुर देउजा, राधिका मिजार जेष्ठ नागरिक प्रतिनीधी, यूवा प्रतिनीधी र बाल समुह प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


Related



Subscribe
Login
0 Comments
Oldest
Newest
Most Voted







Total views : 403503