सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा | Jana Aawaj News

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा : Jana Aawaj News

भक्तपुर, असोज २९ गते । सूर्यविनायक नगरपालिकालाई बिहीबार आयोजित विशेष समारोहबीच बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, विभिन्न सरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला तथा नगरवासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले बालमैत्री स्थानीय शासनको महत्त्वमाथि प्रकाश पार्दै बालबालिकाको अधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालबालिकाको सर्वाङ्गीण विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

नगरपा लिकाका १० वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेपछि आवश्यक सूचक तथा मापदण्ड पूरा गर्दै नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको हो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न