ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न | Jana Aawaj News

ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/पोखरा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ ले बिहिबार पोखरा नर्सिङ क्याम्पस वरिपरि ‘सन् २०२६ विश्वव्यापी निलो कार्बन पारिस्थितिक प्रणालि संरक्षण पहल’को एक हिस्सास्वरूप वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न गरेको छ ।

यो गतिविधि, जलवायु संकटविरुद्ध प्रतिक्रिया दिने मुख्य स्रोत रहेको निलो कार्बन (समुद्री पारिस्थितिक प्रणालीद्वारा भण्डारण र अवशोषित हुने कार्बन) को महत्त्व जानकारी गराउन र पारिस्थितिक प्रणालीको संरक्षण गर्नको निम्ति तयार पारिएको हो । यो गतिविधि अप्रिलको मध्यदेखि ‘विश्व महासागर दिवस’ जुन ८ तारिखसम्म सञ्चालन हुनेछ ।

संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम (UNEP) अनुसार करिब ८०% समुद्री प्लास्टिक जमिनबाट उत्पन्न हुन्छ, र क्याम्पसहरू, जुन विशेष गरी घना आवासीय क्षेत्रहरू हुन्, प्लास्टिक उत्सर्जन व्यवस्थापनको लागि प्रमुख स्थान मानिन्छन् । यसकारण, ASEZ ले प्लास्टिकजन्य फोहोरहरू जमिनबाट समुद्रमा बग्ने प्रक्रियालाई रोक्नको लागि विश्वविद्यालयका क्याम्पसहरूका साथै नदी, जलाशय र तटीय क्षेत्रहरू जस्ता सम्पूर्ण क्षेत्रबाट प्लास्टिक फोहोर संकलन गर्दछ र नागरिकहरूको चेतना अभिवृद्धि गर्ने गतिविधिहरू पनि साथसाथै सञ्चालन गर्दछ । सो दिन गतिविधिमा सहभागी भएका करिब १२० जना स्वयंसेवकहरूले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पार्क बाट सुरु गरी त्रिभुवन विश्वविद्यालय पोखरा नर्सिङ क्याम्पस र अस्पतालको सडकका विभिन्न स्थानहरूबाट प्लास्टिकका कप, प्लास्टिकका बोतल, प्लास्टिकका झोला लगायत विभिन्न फोहोरहरू संकलन गरेका थिए ।

ASEZका एक अधिकारीले भने, “जलवायु संकटको यस युगमा निलो कार्बन पारिस्थितिक प्रणालीको संरक्षण गर्नु दिगो भविष्य निर्धारण गर्ने एउटा महत्त्वपूर्ण कार्य हो।” उनले थप भने, “यस गतिविधिमार्फत विश्वविद्यालयका विद्यार्थीहरूले वातावरण संरक्षणको संवाहकका रूपमा वास्तविक परिवर्तन ल्याउन चाहन्छन् ।” प्यानल प्रदर्शनीको क्रममा पोखरा बहुमुखी क्याम्पसकि कृतिका राईले सबै जनाल हातेमालो गरेर वातावरण बचाउनु पर्छ” भनिन् । त्रिभुवन विश्वविद्यालय जनप्रिय पोखरा बहुमुखी क्याम्पसकी एक विद्यार्थी सगुन मगरले “ASEZ द्वारा गरिएको यो सरसफाई अभियानले युवाहरुमा समाज र वातावरण प्रति जिम्मेवारीको भावना जगाउनुको साथै समाजमा सचेतना फैलाउन महत्वपूर्ण छ !” भनिन् ।

पोखराको वडा नं. ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले पनि कार्यक्रममा उपस्थिति जनाउँदै “ASEZका विद्यार्थीहरुले वातावरण जोगाउन गरिरहेको अभियानहरुले सबै मानिसहरुलाई वातावरण बचाउन उत्प्रेरित गर्नेछ” भन्दै सहभागीहरूलाई प्रोत्साहन दिनुभयो । आसेज (ASEZ)ले विश्वका विभिन्न देशहरूमा अपराध रोकथाम, जलवायु परिवर्तन प्रतिकार्य, सामुदायिक सेवा र विपद् राहतका गतिविधिहरूको आयोजना गर्दछ । यस्ता गतिविधिहरूमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याएबापत् आसेजले मरुभूमिकरण विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCCD) महासचिव अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन एप्पल अवार्ड र ग्रीन वर्ल्ड अवार्ड, पेरु राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र जस्ता ५०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

नेपालमा पनि आसेजले विभिन्न गतिविधिहरू सञ्चालन गर्दैआएको छ । फेब्रुअरी महिनामा उनीहरूले त्रिभुवन विश्वविद्यालय, ललितपुरको पुल्चोक क्याम्पस वरिपरि सरसफाइ गतिविधि गरे । वातावरणसम्बन्धी जनचेतना जगाउने मात्र नभएर सामुदायिक भावना अभिवृद्धि गर्नमा पनि आसेजले पहल गर्यो। यसअघि आसेजले हर्न निषेध अभियान, शौचालय स्वच्छता सचेतना प्रवर्द्धन अभियान इत्यादि पनि आयोजना गरेको थियो । २०७२ सालमा भूकम्पले गर्दा भत्किएको सिन्धुपाल्चोकमा अवस्थित श्री आधारभूत विद्यालय र काभ्रेमा अवस्थित श्री भवानी माध्यमिक विद्यालयको भवन निर्माण गर्नमा पनि आसेज लागिपर्यो ।

ASEZ आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करिब ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर्नू’ भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा हालसम्म मण्डलीका ६९,५६८ जना सदस्यहरूले १,०६८ पटक विभिन्न स्वयंसेवाका गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान र संस्कृति आदानप्रदान जस्ता गतिविधिहरू ४७,००० पटकभन्दा बढी गरिएको छ (सन् २६ मार्चसम्म) । परमेश्वरको मण्डलीले चार अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, तीन कोरियाली सरकारबाट राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,८०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न