दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने | Jana Aawaj News

दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने

पढ्न लाग्ने समयः < 1 मिनेट
दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका-४ दधिकोटको गाम्चास्थित प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवन भत्काउने कार्य भइरहेको छ । उक्त ठाउँमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताको भवन बन्ने भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई यस अघि नगर अस्पतालको रूपमा रुपान्तरण गरिएको भए पनि कोरोना महामारीका बेला २०७८ साल फागुणदेखि अस्पताललाई जगाती लगि त्यहिंबाट सञ्चालन हुँदै आएको थियो ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सूर्यविनायक नगर अस्पताललाई ५० शैयामा विस्तार गरी अस्पतालकै रूपमा सञ्चालन गर्न अनुमति दिएपछि स्वास्थ्य मन्त्री किरण थापाले नगर अस्पताललाई पुनः दधिकोटबाटै सञ्चालनमा ल्याइने घोषणा गर्दै तत्काल १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन समेत गर्नुभएको थियो ।

सोहि अन्तर्गत ५ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको हो । पुरानो भवन हटाएर उक्त ठाउँमा अण्डरग्राउण्ड पार्किङसहित पाँच तले आधुनिक तथा सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरिने भएको हो ।

यसैगरी अस्पतालको पूर्वाधारलाई थप व्यवस्थित र आधुनिक बनाउँदै दधिकोट लगायत आसपासका क्षेत्रका नागरिकलाई २४ सै घण्टा इमर्जेन्सी, प्रशुति सेवा तथा अन्य अत्यावश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्य रहेको मन्त्री थापाले दिनुभएको छ ।

+ posts