सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै | Jana Aawaj News

सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ८ ले स्थानीय उत्पादन प्रवर्द्धन र विद्यार्थीको हौसला अभिवृद्धि गर्ने उद्देश्यसहित घुम्ती हाटबजार तथा एसईई परीक्षामा सफल विद्यार्थीहरूको सम्मान कार्यक्रम एकैसाथ आयोजना गर्ने भएको छ।

कार्यक्रम जेठ १६ गते शनिबार सूर्यविनायक पार्टी प्यालेस (सूर्यविनायक भलिबल कोर्ट नजिकै) मा दिउँसो १२:३५ बजे बाट सुरु हुनेछ।

वडाध्यक्ष पुष्पराज बस्नेतका अनुसार कार्यक्रममा स्थानीय कृषि उत्पादन, घरेलु सामग्री, हस्तकला तथा विभिन्न प्रकारका खाद्य परिकारहरू समेटिएको ५५ भन्दा बढी स्टलहरू रहनेछन्। स्थानीय किसान र उद्यमीहरूले उत्पादन गरेका ताजा तरकारी, अचार, मसला, ड्राइफ्रुट्स लगायतका सामग्रीहरू मुख्य आकर्षण रहनेछन्। त्यसैगरी, एसईई परीक्षामा सफल भएका १०० भन्दा बढी विद्यार्थीहरूलाई सम्मान तथा बधाई कार्यक्रम समेत सोही अवसरमा आयोजना गरिनेछ।

वडाध्यक्ष बस्नेतले कार्यक्रमबारे जानकारी दिँदै भन्नुभयो, “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र विद्यार्थीहरूको मेहनतलाई सम्मान गर्ने उद्देश्यले हामीले घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रमलाई एकै ठाउँमा आयोजना गरेका हौँ। यसले समुदायमा उत्साह, एकता र आर्थिक गतिविधि बढाउने अपेक्षा गरेका छौँ।” कार्यक्रमलाई थप आकर्षक बनाउन सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत रहने जनाइएको छ।

यस्तै वडाले सम्पूर्ण नगरवासीलाई कार्यक्रममा सहभागी भई स्थानीय उत्पादनको प्रवर्द्धन तथा विद्यार्थीहरूको उत्साहवर्धनमा साथ दिन अनुरोध गरेको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न