१ दिनमा एक हजार २ सय ९९ सवारीचालक कारबाहीमा | Jana Aawaj News

१ दिनमा एक हजार २ सय ९९ सवारीचालक कारबाहीमा

पढ्न लाग्ने समयः < 1 मिनेट
१ दिनमा एक हजार २ सय ९९ सवारीचालक कारबाहीमा : Jana Aawaj News

जन आजाव न्युज/काठमाडौँ । ट्राफकि कारबाहीमा २३ लाख ७१ हजार राजस्व सङ्कलन भएकाे छ । २४ घण्टाभित्रमा एक हजार  २ सय ९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहिमा पर्नेहरूमा मादकपदार्थ सेवन गरेका १ सय १९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ३४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय १८ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय १४, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय २०, एकतर्फी सडकमा सवारी चलाउने १ सय ४४ र अन्य सवारी नियम पालना नगरेका एक हजार २ सय ९६ जनालाई कारबाही गरिएको छ ।

+ posts

 

 

ताजा
1 १ दिनमा एक हजार २ सय ९९ सवारीचालक कारबाहीमा
2 ललितपुरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ आयोजना, साथै सरसफाइ गतिविधि सम्पन्न
3 भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप-२०८३” सम्पन्न
4 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न