कैलालीमा वीलभयू फाउन्डेसनद्वारा ९२७ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

कैलालीमा वीलभयू फाउन्डेसनद्वारा ९२७ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
कैलालीमा वीलभयू फाउन्डेसनद्वारा ९२७ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News
Oplus_16908288

जन आवाज न्युज/कैलाली भदौ ४ गते । अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले आमाको प्रेम सारा संसारमा भन्ने मुल नाराका साथ जीवनलाई जोड्ने रक्तदानद्वारा छिमेकीहरूमाझ न्यानोपन र प्रेम बाँड्दै कैलालीमा ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ गरेको छ ।

विश्वव्यापी कल्याणकारी संस्था वीलभयू फाउन्डेसनद्वारा टिकापुर सिटि हलमा आयोजित ‘९२७ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’मा वीलभयूका सदस्यहरू, उनीहरूका परिवार लगायत छिमेकीहरू गरी करिब १८० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

मानिसहरूलाई रक्तदानमा निरन्तर रुचि राखेर सहभागी हुनलाई प्रोत्साहित गर्ने र जीवन बाँड्नुको महत्त्व बुझाउन सो कार्यक्रमको आयोजना गरिएको थियो । “रगतचाहिँ कृत्रिम रूपमा बनाउन नमिल्ने र अरू कुराद्वारा प्रतिस्थापन गर्न नसकिने एक अमूल्य जीवनको स्रोत हो । त्यसैले हाम्रा छिमेकीहरूलाई पुनः स्वस्थ दैनिक जीवनमा फर्काउन थोरै भए पनि मद्दत पुऱ्याउनका लागि सदस्यहरू एकजूट भएर लागिपरेका छन् । यस्तो कार्यक्रम टिकापुर नगरपालिकामा मात्र नभएर विभिन्न क्षेत्रमा लगातार आयोजना गरेर मानिसहरूलाई जीवन बाँड्नुको महत्त्व बोध गराउने एउटा माध्यम बनाउने योजना रहेको छ” वीलभयूका अधिकारीले भन्नुभयो ।

वीलभयूको ‘विश्वव्यापी रक्तदान कार्यक्रम’चाहिँ एक जनाको रक्तदान दुई जना, चार जना हुँदै फैलिएर आदानप्रदानको सद्गुण चक्र निर्माण गर्ने उद्देश्य रहेको विश्वव्यापी जीवन बचाउने अभियान हो । यसले स्थानीय समुदायमा रक्त आपूर्ति अभाव सुल्झाउन र विश्व स्वास्थ्य संगठन (WHO) ले अवलम्बन गरेको निःशुल्क स्वैच्छिक रक्तदानको संस्कृति फैलाउन योगदान पुऱ्याइरहेको छ । कोरियाबाट सुरु भएर विगत २० वर्षदेखि विश्वका ठाउँ-ठाउँमा आयोजना हुँदैआएको यो कार्यक्रम रगतको खाँचो परेका छिमेकीहरूका लागि बलियो सहारा बनेको छ । गत वर्षसम्म, ६४ देशहरूबाट करिब १,३७,००० जना सहभागी भएर ६२,००० जनाभन्दा बढीले रक्तदान गरेका थिए । एक जनाको रक्तदानले तीन जनाको ज्यान बचाउन सक्छ भन्ने कुरालाई विचार गर्दा योचाहिँ १,८६,००० जनाभन्दा बढी मानिसहरूको ज्यान बचाउन सफल भएको ठूलो उपलब्धि हो ।

कार्यक्रमको दिनमा, सहभागीहरूले व्यवस्थित तरिकाले नाम दर्ता गराए, त्यसपछि प्राथमिक स्वास्थ्य जाँच गरेर रक्तदानको लागि योग्यता पुष्टि गरे । उपयुक्त ठहरिएका सहभागीहरूले क्रमैसँग रक्तदान गरे । ९०जनाले ३१ हजार ५ सय मिलिलिटर स्वस्थ रगत दान गरेका थिए ।

रक्तदान कार्यक्रममा, विशिष्ट प्रमुख अतिथिको रूपमा राष्ट्रिय प्रतिनिधि सभा सदस्य माननीय कोमल ज्ञावाली, प्रमुख अतिथिको रूपमा टिकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख नगार्जी, टिकापूर इलाका प्राशसन प्रहरी निरीक्षक गोबिन्द चौधरीज्यू अतिथिको रुपमा र नगर विकास समितिको सदस्य दीपक निसानि ज्यू अतिथिको रूपमा सहभागिता रहेको थियो। कार्यक्रमको बिचमा मन्तव्य राख्ने क्रममा विशिष्ट प्रमुख अतिथि माननीय कोमल ज्ञावालीज्यूले यहाँहरूले गर्नभएको यो कार्यमा प्राय युवाहरू सहभागी हुनुभएकोले यदि हाम्रो समाजमा यहाँहरू जस्तै असल कार्य गर्ने युवा जनशक्ति भएमा सायद प्रहरीको त्यति जरूरत नपर्ने कुरा व्यक्त गर्नुभयो।त्यसैगरी मन्तव्यकै क्रममा प्रमुख अतिथि राम बहादुर नगार्जीले “यहाँले आज गर्न लाग्नुभएको कार्य निकै प्रशंसानिय र मानव हितको कार्य भएको कुरा व्यक्त गर्नुभयो। साथै यो फाउन्डेसनले गर्दै आएको कार्यद्वारा निकै प्रभावित पनि हुनुभयो। आगामी दिनहरूमा पनि टिकापुर नगरपालिकाको सरसफाई तथा विभिन्न मानव हित कार्यमा नेपाल प्रहरीले सधैँ सहकार्य जनाउने कुरा पनि व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा प्रमुख अथिती हुनुभएका टिकापूर नगरपालिका नगर प्रमुखज्यूले वि लभ यूद्रवारा गरिएको स्वगत एकदमै हृदयस्पर्षी साथै न्यानो प्रेम महसुस भएको कुरा व्यक्त गर्नुभयो। हिजोआज रगतको अभाब कति रहेछ भन्ने कुरा परेपछि बल्ल थाहा हुने कुरा बताउनुभयो। रगतचाहिँ आफै बनाउन नसकिने तथा कुनै दबाइ खाएर बनाउन नसकिने भएकोले यसको एउटै विकल्प भनेकै रत्तदान गर्नु हो। यसका लागि हामीले विभिन्न संघ संस्थासँग सहकार्य गर्दै आएकोले यस वि लभ यु फाउण्डेशनसँग पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।

 

कार्यक्रमको उद्घाटन स्वरूप विशिष्ट प्रमुख अतिथीद्वारा एक जना रक्तदाता सदस्यलाई ब्लड ब्याग हस्तान्तरण गर्नुभएर कार्यक्रमको उद्घाटन गरिएको थियो।

रक्तदानको सम्पुर्ण कार्यक्रम समापन भएपछि सामूहिक रूपमा फोटो खिच्दै वि लभ यु फाउण्डेशनद्वारा गरिएको कार्यको कदर स्वरूप राष्ट्रिय प्रतिनिधि सभा सदस्य माननिय कोमल ज्ञवाली ज्यूले प्रशंसा पत्र हस्तान्तरण गर्नुभएको थियो।

 

संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UN DGC) को साझेदार सङ्गठन रहेको अन्तर्राष्ट्रिय वीलभयूले सबैले आदर पाउने दिगो शान्तिको लागि विश्वव्यापी कल्याणकारी गतिविधिहरू गर्दछ । ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वीभलयूले वातावरण संरक्षण, आपत्कालीन राहत, स्वास्थ्य कल्याण, शैक्षिक सहयोग र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूमा १०,९०० भन्दा बढी कल्याणकारी गतिविधिहरू सञ्चालन गरेको छ (सन् २०२५ सम्म) । अनि मानवजाति र पृथ्वीको आशामय भविष्य सृजना गर्न प्रतिबद्ध हुँदै अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू (SDGs)को उपलब्धिमा पनि योगदान पुऱ्याइरहेको छ ।

 

वीलभयूले नेपालमा पनि विभिन्न स्वयंसेवा गतिविधिहरूमार्फत स्थानीय समुदायमा योगदान पुऱ्याउँदैआएको छ । गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको भक्तपुर मध्यपुर थिमिका विद्यालयहरूमा सबै विद्यार्थीहरूका निम्ति शैक्षिक टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मत जस्ता कार्यहरू गरेर वीलभयूले भावी पुस्तालाई पनि सक्रिय रूपमा सहयोग गरेको छ । त्यसै गरी वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान(Mom’s Garden)’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि वीलभयू सक्रियतापूर्वक सरिक भएको छ । सन् २०१५को महाभूकम्प पीडितका निम्ति राहत कार्य, भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण गर्ने कार्य पनि वीलभयूद्वारा आयोजना गरिएको थियो ।

जसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 कैलालीमा वीलभयू फाउन्डेसनद्वारा ९२७ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 बागमती प्रदेशको मुख्यमन्त्रीमा थापा नियुक्त
3 किर्तिपुरमा वी लभ यु फाउन्डेसनद्वारा ९२६ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न