
जन आवाज न्युज/काठमाडौं । हामी सबै जना एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं भन्ने मुल नाराका साथ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंको टोखामा बिहिवार आयोजना गरिएको उक्त सरसफाइ कार्यक्रम २०४० प्लास्टिक फ्री परियोजना अन्तर्गत सडक सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।
यो परियोजनाचाहिँ २०४० सम्ममा प्लाष्टिक प्रदूषण अन्त्य गर्ने अन्तर्राष्ट्रिय समाजको प्रयाससँग कदम मिलाएर ASEZ WAO ले सञ्चालन गरिरहेको एक विश्वव्यापी वातावरणीय अभियान हो। कार्यक्षेत्र र दैनिक जीवनमा प्लाष्टिकको प्रयोग घटाउने, सही तरिकाले छुट्याएर व्यवस्थापन गर्ने मात्र नभई समुदायका विभिन्न ठाउँमा सरसफाइ कार्यक्रम सञ्चालन गरी प्लाष्टिकजन्य फोहोर सङ्कलन गरिन्छ।


ASEZ WAO का सदस्यहरू, उनीहरूका परिवार र छिमेकीहरू गरी करिब १२० जना स्वयंसेवकहरूले टोखाको बसुन्धारा चोकदेखि चौकीसम्म १ कि.मी. क्षेत्रमा विभिन्न किसिमका प्लाष्टिक फोहोरहरू सङ्कलन गरे। बिहान ७ बजेदेखि ९ बजेसम्म चलेको सरसफाइ अभियानबाट २० किलो क्षमताका ११८ बोरा फोहोर सङ्कलन गरेका थिए ।
टोखा नगरपालिका वडा नं. ५ को कार्यालयले फोहोर व्यवस्थापनमा सहयोग गरेको थियो । कार्यक्रममा वडा अध्यक्ष मदन गुरुङले “ASEZ WAO का भाइबहिनीहरूले गर्नुभएको यस्तो जनचेतनामूलक कार्यक्रमले वडाका बासिन्दाहरूमा जनचेतना जगाउँनेछ र हाम्रो सहर सफा हुनेछ भन्ने आशा गर्दछु” भन्नुहुँदै युवाहरूलाई प्रोत्साहन दिनुभयो।
ASEZ WAO का एक प्रतिनिधिले भन्नुभयो, “प्लाष्टिक प्रदूषणको समस्या समाधान गर्न दैनिक जीवनमा निरन्तरको अभ्यास र स्थानीय समुदायको सहभागिता महत्त्वपूर्ण हुन्छ। युवाहरूको स्वतःस्फूर्त कार्यले वरपरका मानिसहरूमाझ सहानुभूति र सहभागिता जगाई सकारात्मक परिवर्तनलाई फैलाउनेछ भन्ने आशा छ।”
सरसफाई अभियानमा साथीको निमन्त्रणामा सहभागी हुनुभएकी डाक्टर कबिता ढकालले “ASEZ WAO का युवाहरू सँगै सरसफाई गर्दा एकदमै गौरवान्वित महसुस गरे र यस्ता कार्यक्रममा लगातार सहभागी हुनेछु” भन्दै गर्व महसुस गर्नुभयो ।
ASEZ WAO को नाममा ‘हामी सबै जना एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं (Save the Earth from A to Z, We Are One Family)’ भन्ने अर्थ लुकेको छ। विश्वका विभिन्न देशहरूमा वातावरण सरसफाइ, वृक्षारोपण, प्लाष्टिक प्रदूषण न्यूनीकरण जस्ता वातावरणीय अभियान र कल्याणकारी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यस्ता निस्वार्थ कार्यहरूका लागि अमेरिकी राष्ट्रपतीय स्वयंसेवा पदक, पेरुको संसद अध्यक्षको प्रशंसापत्र, अन्तर्राष्ट्रिय वातावरणीय पुरस्कार ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड लगायत विभिन्न देशका सरकार तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट ८०० भन्दा बढी पुरस्कार प्राप्त भइसकेका छन्।

नेपालमा पनि स्थानीय वातावरण सुधारका लागि निरन्तर गतिविधिहरू सञ्चालन गरिँदै आएको छ। काठमाडौँ, उदयपुर, ललितपुर, नेपालगञ्ज लगायत देशका विभिन्न ठाउँमा सरसफाइ कार्यक्रम सञ्चालन गरी वातावरणलाई स्वच्छ बनाइएको छ। यही अगस्टमा चन्द्रागिरिमा ‘ २०४० Plastic Free’ सेमिनार आयोजना गरी प्लाष्टिक प्रदूषणको गम्भीरताप्रति सजग गराइयो र यसलाई घटाउनका लागि व्यावहारिक अभ्यास तथा सहकार्यका उपायहरू खोजियो। यस्ता विभिन्न गतिविधिहरूमार्फत टोखा र बासगढीका उपमेयरको प्रशंसापत्र, ललितपुर वडा नं. ८ र हेटौंडा वडा नं. १९ का वडाध्यक्षहरूको प्रशंसापत्र आदि प्राप्त भएका छन्।
ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डली १७५ वटा देशका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको एक विश्वव्यापी मण्डली हो। ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र आमा परमेश्वरमाथि विश्वास गर्दै ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर’ भन्ने बाइबलको शिक्षालाई विभिन्न क्षेत्रमा लागू गरिरहेका छन्। नेपालमा मात्रै ७२,६८८ जनाले १,०८४ पटकभन्दा बढी विविध स्वयंसेवा गतिविधिहरू सञ्चालन गरेका छन्। वातावरणीय संरक्षण, विपद् राहत, छिमेकीलाई सहयोग, रक्तदान र सांस्कृतिक आदानप्रदान जस्ता विश्वव्यापी रूपमा ५०,००० भन्दा बढी (जुन २०२६ सम्मको तथ्याङ्कअनुसार) सेवा कार्यहरू गरिएका छन्। परमेश्वरको मण्डलीले अमेरिकाको ४ वटा राष्ट्रपतीय स्वयंसेवा पदक, बेलायती महारानी स्वयंसेवा पदक, दक्षिण कोरियाको ३ वटा राष्ट्रपतीय पुरस्कार, ब्राजिलको विधायिकी योग्यता पदक, र पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक तथा सर्वोत्कृष्ट वातावरण पुरस्कारसहित ६,२०० भन्दा बढी सम्मानहरू प्राप्त गरिसकेको छ।




-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related








Total views : 384779




