
जन आवाज न्युज/मोरङ, भदौ ७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले आइतबार ‘Green Earth’ प्रोजेक्टको एक हिस्सास्वरूप लेटाङमा वातावरण सरसफाइ अभियान सम्पन्न गरेको छ ।
कार्यक्रममा ASEZ WAO का सदस्यहरू, सहकर्मीहरू र उनीहरूका चिनाजाना गरी करीब २५ जना सहभागी भएका थिए । ‘Green Earth’ भनेको प्रदूषित सहरी सडक तथा पार्कहरू सरसफाइ गरी स्वस्थ स्थलीय पारिस्थितिक प्रणाली निर्माण गर्ने ASEZ WAO को विश्वव्यापी वातावरणीय परियोजना हो ।

स्वयंसेवकहरूले बिहान ७ बजेदेखि करिब डेढ घण्टासम्म बाल उद्यानदेखि बस पार्कसम्मको १ किलोमिटर क्षेत्रमा सरसफाइ गरेका थिए । उनीहरूले सडक किनारमा फालिएका प्लास्टिकका कप, फोहोर प्लास्टिक, चुरोटका ठुटा, कागज लगायत विभिन्न प्रकारका फोहोर संकलन गरे । संकलित फोहोरको परिमाण १५ वटा झोलाको बराबर थियो ।
४ नं. वडा कार्यालयले संकलित फोहोरको ढुवानी र व्यवस्थापनमा सहयोग गर्दै अभियानलाई समर्थन गऱ्यो । कार्यक्रमस्थलमा वडा नं. ४ का पुर्व वडाध्यक्ष राम कुमार श्रेष्ठ र कार्यवाहक वडाध्यक्ष रङ्ग बहादुर राई पनि सहभागी हुनुभएको थियो । उहाँहरुले “सबैको निम्ति उदाहरणीय कार्य हो” भन्दै युवाहरूलाई प्रोत्साहन दिनुभएको थियो ।
ASEZ WAO का एक प्रतिनिधिले जोड दिँदै भने, “स्वच्छ वातावरणलाई निरन्तर कायम राख्न नागरिकहरूको चासो र सहभागिता महत्त्वपूर्ण छ ।” उनले भने, “यस सरसफाइ अभियानले प्रदूषित सहरी क्षेत्रलाई स्वस्थ जीवनयापनका लागि उपयुक्त वातावरणमा रूपान्तरण गर्ने अवसर प्रदान गरोस् भन्ने आशा गर्दछौं । आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै मानिस र प्रकृतिबीच सामञ्जस्य कायम हुने स्वच्छ र सुखद वातावरण निर्माण गर्दै जानेछौं
।” स्थानियहरु पनि यो कार्यबाट प्रवाभित गराएको भन्दै सफाई कार्यको खुलेर प्रशंसा गर्नुभयो।
ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं (Save the Earth from A to Z, We Are One Family)’ भन्ने अर्थ रहेको छ । यस सङ्गठनले विश्वभरिका देशहरूमा ‘Green Earth’ बाट सुरु गरेर ‘Blue Ocean (नदी, खोला तथा समुद्र सरसफाइ)’ ‘Mother’s Forest (वृक्षारोपण)’ जस्ता वातावरण संरक्षणका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दैआएको छ । यस्तो परोपकारी कार्यको मान्यतास्वरूप सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट ८०० वटाभन्दा बढी अवार्डहरू पनि प्राप्त गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।
सङ्गठनले नेपालमा पनि स्थानीय वातावरण सुधारका लागि निरन्तर गतिविधिहरू सञ्चालन गर्दैआएको छ । उदयपुर, काठमाडौं, ललितपुर र नेपालगन्ज लगायत देशका विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गरी वातावरणलाई स्वच्छ र सुखद बनाइएको छ । गत जुन महिनामा गोकर्णेश्वरमा ‘Zero Plastic 2040’ सेमिनार आयोजना गरी प्लास्टिक प्रदूषणको गम्भीरताबारे जानकारी गराउनुका साथै त्यसलाई न्यूनीकरण गर्न आवश्यक व्यावहारिक कदम र सहकार्यका उपायहरू प्रस्तुत गरिएको थियो ।
ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा अवस्थित विश्वव्यापी मण्डली हो । मण्डलीका करिब ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू’ भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा हालसम्म मण्डलीका ७२,६८८ जना सदस्यहरूले १,०८४ पटक विभिन्न स्वयंसेवाका गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान र संस्कृति आदानप्रदान जस्ता गतिविधिहरू करिब ५०,००० पटकभन्दा बढी गरिएको छ (सन् २०२६ जुनसम्म) । परमेश्वरको मण्डलीले चार अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, तीन कोरियाली सरकारबाट राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ६२०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related








Total views : 386032




