
भक्तपुर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप-२०८३ मा अरनिको माध्यमिक विद्यालय टिम च्याम्पियन बनेको छ।
आइतबार सम्पन्न प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र २ कास्य पदकसहित टिम च्याम्पियनको उपाधि हात पारेको हो। विजेता अरनिको माविले नगद रु. २० हजार पुरस्कार प्राप्त गरेको छ।

त्यस्तै, दधिकोट डोजोले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्दै रु. १५ हजार पुरस्कार प्राप्त गरेको छ। ब्लुबर्ड स्कुलले २ स्वर्ण, १७ रजत र ५ कास्य पदकसहित तेस्रो स्थान हासिल गर्दै रु. १० हजार पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा दधिकोट डोजोका प्रविन तामाङ उत्कृष्ट पुरुष खेलाडी घोषित भए भने अरनिको माध्यमिक विद्यालयकी पूजा दास श्रेष्ठ उत्कृष्ट महिला खेलाडी घोषित भइन्। उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही रु. ५ हजार नगद पुरस्कार प्राप्त गरे।
त्यसैगरी दधिकोट डोजोका आदन धोजु उदयमान पुरुष खेलाडी तथा ई-किट्सकी तेजस्वी सिजखु उदयमान महिला खेलाडी घोषित भए। उदयमान खेलाडी दुवैले जनही रु. ३ हजार नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको समापन समारोहमा सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष पुष्पराज बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नेपाल सितेरियो कराते संघका केन्द्रीय सदस्य राधिका देउला, नेपाल सितेरियो कराते संघ भक्तपुरका अध्यक्ष राजन चित्रकार, सूर्यविनायक नगर सितेरियो कराते संघका अध्यक्ष कृष्णराम ज्याकी लगायत कराते संघसँग आबद्ध विभिन्न पदाधिकारी तथा प्रशिक्षकहरूको उपस्थिति थियो।
प्रतियोगितामा विभिन्न विद्यालय तथा डोजोबाट गरी १९० जना खेलाडीले सहभागिता जनाएका थिए। आयोजकले प्रतियोगिताका सम्पूर्ण विजेता खेलाडीलाई बधाई तथा शुभकामना दिँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सूर्यविनायक नगर सितेरियो कराते संघलगायत सबैलाई धन्यवाद व्यक्त गरेको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related








Total views : 394558




