स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम | Jana Aawaj News

स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम

पढ्न लाग्ने समयः 2 मिनेट
स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम : Jana Aawaj News

भक्तपुर । आदर्श रोभर-रेञ्जर क्र्यूको आयोजनामा सम्पन्न प्रथम नगरपालिकाव्यापी धर्मसभा प्रतियोगिता-२०८३ मा बिनायक शिक्षा निकेतन, मध्यपुर थिमिको बिनायक स्काउट ट्रुप प्रथम भएको छ।

मध्यपुर थिमि नगरपालिकाभित्रका १२ विद्यालयका २४ वटा प्याट्रोलको सहभागिता रहेको प्रतियोगितामा ट्रुप लिडर तुलज प्रजापतिको नेतृत्वमा सहभागी बिनायक स्काउट प्याट्रोलले ‘एकदिन त जाने हो, संसार छोडेर’ शीर्षकको भावपूर्ण भजन प्रस्तुत गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुले विद्यार्थीहरूको प्रतिभा र सिर्जनात्मक क्षमतासँगै अनुशासन, नेतृत्व, आत्मविश्वास, सहकार्य तथा जिम्मेवारीबोधको विकासमा महत्वपूर्ण योगदान पुगेको विद्यालयले जनाएको छ। साथै, यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी आध्यात्मिक, सांस्कृतिक तथा मानवीय मूल्य-मान्यताप्रति सचेत र सामाजिक उत्तरदायित्व बोकेका सक्षम नागरिकका रूपमा विकास गर्न सहयोग पुग्ने विद्यालयको भनाइ छ।

विजेता बिनायक स्काउट ट्रुपलाई मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा मध्यपुर स्काउटका प्रमुख स्काउट विजयकृष्ण श्रेष्ठले प्रमाणपत्रसहित ट्रफी प्रदान गरेका थिए।
प्रतियोगितामा प्राप्त सफलताप्रति बिनायक शिक्षा निकेतन परिवारले विद्यार्थी, स्काउट नेतृत्व तथा सम्बन्धित सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यालयले विद्यार्थीहरूको प्रतिभा, अनुशासन र नेतृत्व विकासका लागि मूल्यमा आधारित अतिरिक्त क्रियाकलापलाई निरन्तर प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ।
‘शिक्षा, संस्कार, सीप र नेतृत्व-बिनायकको प्रतिबद्धता’ भन्ने मूल भावनासहित विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको जनाएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
2 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
3 सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिपमा अरनिको मावि प्रथम
4 नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न