भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल | Jana Aawaj News

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल : Jana Aawaj News

नबराज काफ्ले
भक्तपुर । भक्तपुर अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया बिहिबार सफलतापूर्वक सम्पन्न भएको हो।

अस्पतालमा उपचाररत ८० वर्षीय पुरुष बिरामीमा दायाँतर्फको Acute-on-Chronic Subdural Hematoma (SDH) देखिएपछि आवश्यक स्वास्थ्य परीक्षण, मूल्याङ्कन तथा शल्यक्रियाको तयारी गरिएको थियो। त्यसपछि चिकित्सकीय टोलीले Right-sided Burr Hole and Evacuation of Hematoma शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ।

उक्त जटिल न्यूरोसर्जिकल शल्यक्रिया न्यूरोसर्जन डा. मणिकुमार लामाको नेतृत्वमा सम्पन्न भएको हो। शल्यक्रियामा संलग्न एनेस्थेसिया, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको समन्वित प्रयासबाट उपचार प्रक्रिया सफल भएको बताइएको छ।

भक्तपुर अस्पतालमै पहिलोपटक यस्तो न्यूरोसर्जिकल सेवा सुरु हुनु अस्पतालको विशेषज्ञ सेवा विस्तारमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ। यसबाट भक्तपुर तथा आसपासका बिरामीलाई न्यूरोसर्जरीसम्बन्धी आकस्मिक तथा आवश्यक उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुनुका साथै समयमै विशेषज्ञ उपचार प्राप्त गर्ने अवसर थपिएको छ।

विशेषगरी Subdural Hematoma जस्ता अवस्थाहरूमा समयमै पहिचान र विशेषज्ञ उपचार महत्वपूर्ण हुने भएकाले अस्पतालमै न्यूरोसर्जिकल सेवा उपलब्ध हुनु स्थानीय स्वास्थ्य सेवाको पहुँच र क्षमताका दृष्टिले समेत महत्वपूर्ण उपलब्धि हो।
यस महत्वपूर्ण उपलब्धिका लागि न्यूरोसर्जन डा. मणिकुमार लामा, शल्यक्रिया टोली, एनेस्थेसिया टोली, नर्सिङ कर्मचारी तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरिएको छ।

अस्पतालले आगामी दिनमा पनि विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्दै नागरिकलाई गुणस्तरीय, सहज र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल
2 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
3 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न