वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग | Jana Aawaj News

वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग : Jana Aawaj News

भक्तपुर । गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्ला लगायत विभिन्न भागमा पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति वागीश्वरी परिवारले दुःख व्यक्त गदै विज्ञप्ति निकालेको छ ।
विज्ञप्ति मार्फत, प्राकृतिक विपदमा परी ज्यान गुमाउनु हुने मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ । यस विषम परिस्थितिमा प्रभावित नागरिकहरुका लागि राहत तथा पुनर्स्थापनाका लागि वागीश्वरी माध्यमिक विद्यालय, कलेज परिवारको तर्फबाट सोमबार सङ्कलित सहयोग रकम रु. ११ लाख ९५ हजार ३३३ रुपैया“ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको जानकारी गराइएको छ ।
जसअन्तर्गत वागीश्वरी माध्यमिक विद्यालयबाट संस्थागत २ लाख, शिक्षक कर्मचारीहरुबाट ७ लाख २५ हजार ८२९ रुपैया“, विद्यार्थीहरुबाट ५४ हजार ४१८ रुपैया“, प्रा.डा. सिद्धिवीर कर्माचार्यबाट ४४ हजार ४४४ रुपैया“ गरी १० लाख २४ हजार ६९१ रुपैया“ रकम दाखिला भएको छ ।
वागीश्वरी कलेजबाट संस्थागत ५० हजार रुपैया“, शिक्षक कर्मचारीहरुबाट ६१ हजार ९ रुपैया“, विद्यार्थीहरुबाट ८ हजार गरी १ लाख १९ हजार ९ रुपैया“ रकम दाखिला भएको छ । त्यस्तै, वागीश्वरी कलेज अफ म्यानेजमेन्टको तर्फबाट संस्थागत २५ हजार रुपैया“, शिक्षक कर्मचारीहरुबाट १९ हजार ४५३ रुपैया“, विद्यार्थीहरुबाट सङ्कलित ७ हजार १८० रुपैया“ गरी जम्मा ५१ हजार ५३३ रुपैया“ रकम दाखिला भएको छ ।
दाखिला भएका भौचरहरुसहितको पत्र आज जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्कालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले हन्तान्तरण गर्नुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न