विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ | Jana Aawaj News

विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ

पढ्न लाग्ने समयः < 1 मिनेट
विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ : Jana Aawaj News

भक्तपुर । विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको नेतृत्वमा शैक्षिक तथा सांस्कृतिक आदानप्रदान कार्यक्रमका लागि जापान जान लाग्नुभएका शिक्षक तथा विद्यार्थीहरूलाई विद्यालयले एक समारोहका बिच भव्य बिदाइ गरेको छ।
​बिदाइ हुने टोलीमा प्रिन्सिपल प्रजापतिसहित चार जना विद्यार्थीहरू तुलज प्रजापति, प्रयान चक्रधर, सलिना घिमिरे र सदिक्षा श्रेष्ठ रहनुभएको छ। विद्यालयमा आयोजित विशेष कार्यक्रममा सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले भ्रमण टोलीका सदस्यहरूलाई टीका तथा खादा लगाएर सफलताको शुभकामनासहित बिदाइ गर्नुभएको थियो।
​असोज २५ गतेदेखि कार्तिक ९ गतेसम्म सञ्चालन हुने उक्त भ्रमण अवधिभर भ्रमण टोलीले जापानका पाँचवटा विद्यालय, तीनवटा नगरपालिका, एउटा प्रदेश सरकार र जापानको संसद् भवनको अवलोकन गर्नुका साथै त्यहाँका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
​भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै टोली नेता एवं प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले भन्नुभयो, “जापानको शैक्षिक पद्धति र संस्कृतिबारे प्रत्यक्ष जानकारी लिने र नेपालको धनी संस्कृति तथा शिक्षा प्रणालीबारे त्यहाँका विद्यार्थीहरूलाई गराउने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो।”
​कार्यक्रममा अभिभावकहरू प्रवीण चक्रधर, सबिना घिमिरे र गणेश श्रेष्ठले आफ्ना छोराछोरीले विश्व परिवेश र नयाँ विषयवस्तु सिक्ने अवसर पाउनेमा विश्वास व्यक्त गर्नुभयो। यस्तो सुनौलो अवसर जुराइदिने प्रिन्सिपल तथा विद्यालय परिवारप्रति उहाँहरूले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न