विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ

पढ्न लाग्ने समयः < 1 मिनेट
विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ : Jana Aawaj News

भक्तपुर । विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको नेतृत्वमा शैक्षिक तथा सांस्कृतिक आदानप्रदान कार्यक्रमका लागि जापान जान लाग्नुभएका शिक्षक तथा विद्यार्थीहरूलाई विद्यालयले एक समारोहका बिच भव्य बिदाइ गरेको छ।
​बिदाइ हुने टोलीमा प्रिन्सिपल प्रजापतिसहित चार जना विद्यार्थीहरू तुलज प्रजापति, प्रयान चक्रधर, सलिना घिमिरे र सदिक्षा श्रेष्ठ रहनुभएको छ। विद्यालयमा आयोजित विशेष कार्यक्रममा सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले भ्रमण टोलीका सदस्यहरूलाई टीका तथा खादा लगाएर सफलताको शुभकामनासहित बिदाइ गर्नुभएको थियो।
​असोज २५ गतेदेखि कार्तिक ९ गतेसम्म सञ्चालन हुने उक्त भ्रमण अवधिभर भ्रमण टोलीले जापानका पाँचवटा विद्यालय, तीनवटा नगरपालिका, एउटा प्रदेश सरकार र जापानको संसद् भवनको अवलोकन गर्नुका साथै त्यहाँका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
​भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै टोली नेता एवं प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले भन्नुभयो, “जापानको शैक्षिक पद्धति र संस्कृतिबारे प्रत्यक्ष जानकारी लिने र नेपालको धनी संस्कृति तथा शिक्षा प्रणालीबारे त्यहाँका विद्यार्थीहरूलाई गराउने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो।”
​कार्यक्रममा अभिभावकहरू प्रवीण चक्रधर, सबिना घिमिरे र गणेश श्रेष्ठले आफ्ना छोराछोरीले विश्व परिवेश र नयाँ विषयवस्तु सिक्ने अवसर पाउनेमा विश्वास व्यक्त गर्नुभयो। यस्तो सुनौलो अवसर जुराइदिने प्रिन्सिपल तथा विद्यालय परिवारप्रति उहाँहरूले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x