आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ | Jana Aawaj News

आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ

पढ्न लाग्ने समयः 3 मिनेट
आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ : Jana Aawaj News

 

नारायण थापा

धनगढी, असोज २८ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक संगठन आसेज वाओ (ASEZ WAO) ले धनगढी उपमहानगरपालिका–४ मा सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धि बहादुर खड्काको प्रमुख आतिथ्य तथा वडा सदस्य माया कुमारी सावद भण्डारीको आतिथ्यमा र वडा कार्यालयको समन्वय तथा सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो।

बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको सरसफाइ अभियानअन्तर्गत बोराडाँडी, उत्तरबेहेडी हुँदै सहिदगेट चोकसम्म करिब तीन किलोमिटर सडकको दायाँबायाँ सरसफाइ गरिएको थियो। अभियानका क्रममा संकलन गरिएको करिब ३० बोरा फोहोर नगरपालिकाको फोहोर संकलन गर्ने गाडीमार्फत व्यवस्थापनका लागि पठाइएको आयोजकले जनाएको छ।

आसेज वाओले मानवजातिको हित र पृथ्वीको संरक्षणलाई मुख्य उद्देश्य बनाएर विभिन्न सामाजिक तथा वातावरणीय गतिविधि सञ्चालन गर्दै आएको छ। संस्थाले ‘Campaign for Human Being’ अर्थात् मानवजातिको हितका लागि अभियान र ‘Campaign for Earth’ अर्थात् पृथ्वीको संरक्षणका लागि अभियान गरी दुई प्रमुख अभियान अघि बढाउँदै आएको छ।

मानवजातिको हितका लागि सञ्चालन गरिने अभियानअन्तर्गत रक्तदान, विपद्का समयमा स्वयंसेवा, ज्येष्ठ नागरिक तथा वृद्धाश्रममा सहयोग र शैक्षिक सहयोगजस्ता कार्यक्रम समावेश छन्। यस्ता गतिविधिमार्फत मानव जीवनको सम्मान गर्दै दुःखमा परेका व्यक्तिलाई सहयोग गर्ने तथा समाजमा प्रेम, सहयोग र सेवाको भावना विकास गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, पृथ्वीको संरक्षणका लागि सडक, खोला तथा नदी सरसफाइ, वृक्षारोपण, वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, गोष्ठी तथा सरकारी र गैरसरकारी संघसंस्थासँगको सहकार्यमा विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको छ।

यसै अभियानअन्तर्गत सञ्चालन गरिएको ‘जिरो प्लास्टिक २०४०’ (Zero Plastic 2040) कार्यक्रमले प्लास्टिकजन्य फोहोर न्यूनीकरण र स्वच्छ वातावरण निर्माणमा जोड दिएको छ। प्लास्टिकको अनियन्त्रित प्रयोग तथा जथाभावी विसर्जनले सडक, नाला, नदी, माटो र प्राकृतिक वातावरण प्रदूषित बनाउनुका साथै मानव स्वास्थ्य, जैविक विविधता र भावी पुस्ताको जीवनमा समेत नकारात्मक असर पार्न सक्ने भएकाले यसको प्रयोग र व्यवस्थापनमा सचेतना आवश्यक रहेको आयोजकको भनाइ छ।

सडक सरसफाइ कार्यक्रममार्फत सार्वजनिक स्थानलाई स्वच्छ राख्ने, प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन गर्ने र वातावरण संरक्षणप्रति नागरिकको जिम्मेवारीबोध बढाउने प्रयास गरिएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
2 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
3 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
4 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न